जोन हप्किन्स युनिभरसिटी जसले कोरोना भाइरस को तथ्यांक राख्ने गर्छ, यस भाईरसको बारेमा संक्षेपमा यस्तो जानकारी दिएको छ

प्रकाशित मिति : २०७६ चैत्र २०

भाईरसको बारेमा संक्षेपमा जानकारी

१.यो भाईरस कुनै जिवित कोष होइन, तर एउटा बोसो ले घेरिएको प्रोटिन को अणु हो जुन मानिसको खकार, रयाल् अथवा सिङ्गान सँग मिसियो भने आफ्नो जैविक स्वरुप परिवर्तन गर्छ र तिनिहरुलाई आक्रमक बहुकोषमा रुपान्तरण गर्छ ।

२. यो कुनै जिवित कोष नभएको हुनाले यो मर्दैन तर आँफैमा सकिएर जान्छ जुनकुरा तापक्रम, आद्रता र कस्तो बस्तुमा यो भाईरस टासिएर बसेको छ भन्ने कुरामा निर्भर गर्छ ।

३. यो भाईरस अत्यन्त कमजोर हुन्छ, यसलाई जोगाउने एउटै कुरा भनेको एसमा घेरिएको बोसोको तह हो । त्यसैले साबुनपानी यसलाई हटाउने उत्तम उपाय हो ।

४. साबुनको फिंजले बोसोलाई काट्छ र बोसोभित्रको कोरोना भाईरस आँफै बिलिन भएर जान्छ ।

५. तातोले पनि बोसो पगाल्छ, त्यसैले २५ डिग्रि सेल्सियस भन्दा तातो पानीले सफा गरेमा आफसे आफ हराएर जान्छ ।

६. ६५ प्रतिसत भन्दा बढी मात्रामा भएको अल्कोहल (स्पिरिट)ले पनि बोसो लाई घुलनशिल बनाउने हुनाले यो भाईरसलाई नष्टगर्न सक्छ ।

७. ५ भाग पानी र १ भाग ब्लिचको घोलले पनि भाईरस प्रोटिनलाई भित्रैबाट नष्टगर्न सक्छ ।

८. अक्सिजेनेटेड पानीले पनि साबुन अथवा अल्कोहल सँग मिसिएर प्रोटिनलाई नष्ट गर्छ तर शुद्ध रुपमा प्रयोग गर्नुपर्छ ।

९. यो ब्याक्टेरिया होइन त्यसैले एन्टिवायोटिकले यो भाईरसलाई नष्ट गर्न सक्दैन तर यसको समरचना लाई छुट्याउन मद्घत गर्छ ।

१०ं प्रयोग गरेका लुगा कपडाहरु नटक्टक्याउनुस, किनकी कपडामा भएका भाईरसहरु हावामा पुगेपछी नाकबाट शरीरमा जाने सम्भावना बढी हुन्छ ।

११ं भाईरसका अणुहरु बहिरी चिसोमा अथवा एअरकन्डिसनको चिसोमा स्थिर रहन्छन, यिनीहरुलाई स्थिरहुन ओस अथवा अन्धकारको जरुरी हुन्छ, त्यसैले सुख्खा, तातो र उज्यालो बातावरणमा यो भाईरस छिटो नष्टहुन्छ ।

१२.सौर्य बिकिरणले पनि यो भाईरस नष्ट हुन्छ तर छाला को क्यान्सर हुने सम्भावना हुन सक्छ ।

१३.स्वस्थ छालाबाट यो भाईरस छिर्न सक्दैन ।
१४. भिनेगर उपयुक्त हुँदैन किनकी यसले प्रोटिन बाहिरको बोसो पगाल्न सक्दैन ।

१५. भोड्का अथवा रक्सीले काम गर्दैन किनकी यिनिहरुमा अल्कोहलको मात्रा कम हुन्छ (कम्तिमा पनि ६५ प्रतिसत चाहिन्छ)

१६. जती गुम्सिएको बातावरण भयो त्यती नराम्रो जती खुल्ला अथवा हावा खेल्ने ठाउँ भयो त्यती राम्रो ।

१७. जुनसुकै कुरा छोएपछी अथवा चलाएपछि साबुनले हात धोएको अत्यन्त राम्रो ।

१८. नङ सधैं काटेर छोटो बनाउनुस किनकी नङ अथवा हातको कुना काप्चामा भाईरस टासिएको हुनसक्छ ।