विश्वभर छरिएका नेपाली मजदुरहरुको स्थिति अविलम्ब सार्वजनिक गर्न, कोरोना संक्रमितहरुको निःशुल्क उपचार गर्न र मजदुरहरुको तलव कटौती नगर्न क्रान्तिकारी ट्रेड यूनियन महासंघको माग

प्रकाशित मिति : २०७६ चैत्र १०

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले एक सार्वजनिक वक्तव्य जारी गर्दै विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको सन्दर्भमा रोजगारीको सिलसिलामा विश्वभर छरिएर रहेका नेपाली मजदुरहरुको स्थिति अविलम्ब सार्वजनिक गर्न, कोरोना भाइरस संक्रमितहरुको निःशुल्क उपचार गर्न र मजदुरहरुले पाउँदै आएको सेवा सुविधा कटौती नगर्न सरकारसित जोडदार माग गरेको छ । महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले आइतबार एक वक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन् ।

कोरोना भाइरसले विश्वव्यापी र नेपालमा पारेको प्रभावलाई विभिन्न सात बुँदामा उल्लेख गर्र्दै वक्तव्यमा राज्यलाई जनताको स्वास्थ्यका विषयमा जिम्मेवार र जवाफदेही बन्न आग्रह समेत गरेको छ ।

यस्तो छ वक्तव्यको पूर्णपाठ : 
प्रेस–वक्तव्य
१) चीनको वुहान प्रान्तबाट (31 dec,2019) शुरु भएको भनिएको COVID-19 (नोबेल कोरोना भाईरस) आज सम्म आई पुग्दा प्रत्यक्ष रुपमा विश्वका १८८ देशहरुमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार, यो क्रममा ३०८२१५ भन्दा बढी मानिसहरु प्रत्यक्ष संक्रमित भएका छन भने १३०६८ भन्दा बढी मानिसहरुको मृत्यु समेत भएको छ । मृत्युदर सापेक्षित न्युन देखिए पनि तथ्याङ्कले नियमित औसधि सेवन गरि रहेका र रोग प्रतिरोधात्मक क्षमता कम भएका वृद्ध–वृद्वाहरुको उमेर समुहमा यसको असर बढी देखाएको छ ।
२) विश्वव्यापी रुपमा एक विशिष्ट स्वास्थ्य समस्याको रुपमा देखा परेको COVID-19 ले आज सम्म आईपुग्दा सामाजिक आर्थिक क्षेत्रका विभिन्न पक्षहरुमा समेत असर गरेको छ । विश्व स्तरमा आर्थिक मन्दिका विविध संकेतहरु देखिएका छन, जस कारण विश्व श्रमिक वर्गको विशाल पंक्ति असुरक्षित मात्रै भएको छैन अपितु समाधानको कुनै नयाँ विकल्प पहिल्याउन सकिएन भने विश्व स्तरमा श्रमिक वर्गको बिचमा ठुलो संकटकाल आउन सक्ने सम्भावना बढेर गएको छ ।
३) विश्वका दुई ठुला शक्ति राष्ट्रहरु चीन र अमेरिकाको बिचमा पछिल्लो समय यहि विषयलाई लिएर केहि विरोधाभासपूर्ण आरोप(प्रत्यारोपहरु सतहमा आएका छन । जसले सामान्यतः विश्व स्तरमा केहि राजनीतिक अन्तरविरोधहरु अगाडि आउन सक्ने संकेतपुर्ण सम्भावनाहरु देखिएका छन ।
४) आज नेपाल पनि ऋइख्क्ष्म्(ज्ञढ को “महामारी“ले प्रभावित छ । यो संगै राज्यका ईकाई देखी माथिल्लो निकाय सम्म दलाल, माफिया र काला बजारिया हरुको बिगबिगी बढेको छ । देशव्यापी रुपमा खाद्यान्न, औसधि र ईन्धन जस्ता जनताका दैनिक आवश्यकिय र उपभोग्य वस्तुहरुको अभावको संकट बढेको छ । विविध प्रकारका कृत्रिम संकटहरु निम्त्याईएका छन । राष्ट्रिय संकटको यो अवस्थामा पनि संकट समाधानको दिशामा सरकारको सक्रिय, प्रभावकारी र निर्णायक उपस्थिति नदेखिनु नेपाली जनता माथिको धोखापुर्ण अन्याय र सिङ्गै लोकतन्त्र माथिको उपहास पनि हो ।
५) अधिकतम होटल, उद्योग, संघ संस्था र कलकारखाना हरु देशव्यापी बन्द भएका छन र बाकी रहेका पनि बन्द हुने अवस्थामा पुगेका छन । पुजीपति वर्गले श्रमिक मजदुर वर्गलाई बेतलबी फिर्ता पठाएको छ । जस कारण लाखौं मजदुर हरु श्रमबात वन्चित मात्रै हुन परेको छैन अपितु श्रमिक र श्रमिक आश्रति परिवारको भविष्य समेत अन्योलपुर्ण र संकटग्रस्त भएको छ । नेपाली श्रमिक वर्गको हक, अधिकार र सत्ताको पक्षमा निरन्तर लड्ने एक जिम्मेवार संगठन हुनुको ऐतिहासिक गरिमा र गौरवबोध गर्दै विश्वव्यापी संकटको यो विषम समयमा मजदुर वर्गका हक अधिकार कटौती नगर्न, मजदुर वर्गले पाई आएको तलबलाई नरोक्न, आवश्यक जिम्मेवारी र जवाफदेहीता देखाउन नेपाल सरकार र सरोकारवाला सबैमा हाम्रो सङ्गठन विशेष अपिल गर्दछ ।
६) मुख्यतः मध्य पुर्व लगायत रोजगारीको शिलशिलामा विश्वभर छरिएर रहेका नेपाली मजदुरहरुको स्थिति जटिल बन्दै गएको समाचार विभिन्न सञ्चार माध्यमहरु बाट बुझिन आएको छ । हामी उहाँहरुको स्थिति अविलम्ब सार्वजनिकरण गरि यथा सिघ्र स्वदेश फिर्ता लगायत उपचारको व्यवस्थापनका लागी नेपाल सरकार संग विशेष माग गर्दछौं ।
७) अन्त्यमा, श्रमिक वर्ग तथा आम जन समुदायमा हाम्रो अपिल छ :

( क) COVID-19 लगायत सबै रोग संग सर्तक बनौं ।

ख) तथ्यहिन भ्रम र आतंकको पछाडी नलागौं ।
ग) आत्मगत र मनोबैज्ञानिक पक्षलाई मजबुत बनाऔं ।
घ) आफु सचेत बनौ र सचेतनाको अभियानलाई निरन्तर जारी राखौं । धन्यवाद !
क्रान्तिकारी अभिवादन सहित !
अध्यक्ष
ईश्वर तिमिल्सिना
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ