अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको २ महिने श्रमिक जागरण तथा सङ्गठन विस्तार अभियानको उद्घाटन

रामेश्वर यादवको अध्यक्षतामा २५ सदस्यीय मिक्सचर तथा ट्याक्टर स्वरोजगार मजदुर संघ इकाई समिति गठन

प्रकाशित मिति : २०७६ चैत्र ६

- वसन्त वोगटी

सर्वहारा नेपाली श्रमिक मजदुरहरुको प्रीय सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको २ महिने श्रमिक जागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन कार्यक्रम “रोजगारीको सुनिश्चितता र सामाजिक सुरक्षा हाम्रो सरोकार, स्वदेशमा रोजगारी, बाच्न योग्य तलब र सुविधा हाम्रो अधिकार” भन्ने मुल उद्घोषका साथ भक्तपुरको बालकोटमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष ईश्वर तिमिल्सिनाले उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा महासंघका महासचिव वसन्त वोगटी, केन्द्रीय सचिवालय सदस्य कुमार घताने, दिनेश बर्तौला, ढोग प्रसाद अधिकारीले उद्घघाटन मन्तव्य राख्नु भएको थियो भने मिक्सचर तथा ट्याक्टर स्वरोजगार उपत्यका मजदुर संघका संयोजक जमालुद्दिन अन्सारीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले अभियानको मुख्य उद्देश्य माथी केन्द्रित रहेर महासंघले मजदुरहरुका पेशागत हक अधिकारको पक्षमा निरन्तर आवाज बुलन्द गर्ने भन्दै कार्यकर्ता र नेताको सम्बन्ध ढुङ्गा र माटोको जस्तै अझ भनौ नङ र मासुको जस्तै हुनु पर्दछ , सङ्गठन र कार्यकर्ता भनेको एक अर्काको परिपुरक पनि हो । हामी माक्र्सवादीले नेता र कार्यकर्ता बिचको सम्बन्धको द्वन्दवादलाई ठिक ढङ्गले बुझ्न र परिभाषित गर्न सक्नु पर्नेू बताउनु भयो । ूमे १ नेपाली मात्रै नभएर संसार भरिका उत्पीडित श्रमिक मजदुरहरुको विशेष उत्सवपुर्ण दिन भएको बताउदै अध्यक्ष तिमिल्सिनाले आगामी मजदुर दिवस हजारौं श्रमिक मजदुरहरुको सक्रिय सहभागितामा सम्पन्न गर्ने दिशातिर लाग्न महासंघका सम्पुर्ण नेता कार्यकर्तामा आव्हान गर्नु भयो ।


त्यसै गरि कार्यक्रममा महासंघका महासचिव बोगटीले यो सिङ्गै दुनियाँ बनाउने तागत राख्ने मजदुरहरु आफै भने निरन्तर दुःखद, कष्टपुर्ण र अभावको जिन्दगी बाँची रहेका छन । हामिले सडक बनायौ, स्कुल बनायौ, हस्पिटल बनायौ, ठुला ठुला महल बनायौ तर हाम्रै बच्चाहरु पढ्न बाट बन्चित छन, हस्पिटलको सेवा बाट बन्चित छन । यि सडकहरुमा पनि मजदुरलाई एक प्रकारको कफ्र्यु छ भन्दै सामन्तवाद र पुँजीवादको यो हैकमको विरुद्ध विस्फोट हुने समय आएको बताउनुभयो । उहाँले भन्नुभयो ू त्यसको पहिलो आधार भनेको हाम्रो सङ्गठन हो । शक्तिशाली सङ्गठन निर्माण आजको मुख्य र केन्द्रीय आवस्यकता हो ।ू महासंघका केन्द्रीय सदस्य बालकृष्ण सिटौलाले सन्चालन गर्नु भएको कार्यक्रमको अध्यक्षता महासंघका केन्द्रीय सदस्य रमेश बोहराले गर्नु भएको थियो । अभियान उद्घाटनसगै भएको एक कार्यक्रमबाट बिच रामेश्वर यादवको अध्यक्षतामा २५ सदस्यीय मिक्सचर तथा ट्याक्टर स्वरोजगार मजदुर संघको इकाई पनि गठन गरिएको छ ।