काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघ र इच्छुक साँस्कृतिक प्रतिष्ठानको आयोजनामा २२ औं साँस्कृतिक प्रतिरोध दिवस मनाइदैछ । कार्यक्रममा पार्टी महासचिव मोहन वैद्य किरण लगायत पार्टी, देजमो तथा जबस मोर्चाका नेता कार्यकर्ताहरुको उपस्थिति रहने बताइएको छ ।
क्रान्तिकारी माओवादीले देशका विभिन्न भागमा पनि विभिन्न कार्यक्रम गरी साँस्कृतिक प्रतिरोध दिवस मनाउने गरेको बुझिएको छ । क्रान्तिकारी माओवादीले प्रत्येक वर्ष यो दिवस प्रमुखताका साथ मनाउँदै आएको छ ।
२०५५ साल चैत ५ गते तत्कालीन अखिल नेपाल जनसांस्कृतिक सङ्घका केन्द्रीय सदस्य च्याङ्बा लामासहित ७ जना कलाकारहरूले शहादत प्राप्त गरेको दिनको सम्झनामा प्रत्येक वर्ष क्रान्तिकारी माओवादीले साँस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको छ ।
२०५५ चैत ५ गते काभ्रेको अनेकोटमा राती घरमा सेल्टर लिएर बसिरहेको अवस्थामा सात जना कलाकारहरुलाई घेरा हाली हत्या गरिएको थियो । सो क्रममा माओवादी सांस्कृतिककर्मीहरु च्याङबा लामा, गुम्बा सिंह तामाङ, निर्मला देवकोटा, सुभद्रा सापकोटा, मञ्जु कुँवर, चिनीमाया लामा र डम्बर श्रेष्ठको हत्या गरिएको थियो ।