कैलाली जिल्लामा ‘राष्ट्रिय स्वाधिनता र संगठन विस्तार अभियान’ निरन्तर चलिरहेको छ

विभिन्न कार्यालयहरुमा नेपालको सही नक्शा टांग्न लगाउने अभियानलाई निरन्तरता दिने भएको छ

प्रकाशित मिति : २०७६ चैत्र ४

- टंक कोइराला


‘राष्ट्रिय स्वाधिनता र संगठन विस्तार अभियान’लाई नेकपा(क्रान्तिकारी माओवादी) सुदुर पश्चिमको टिकापुरमा निरन्तरता दिने काम भएको छ । चैत्र ३ गते टिकापुरको मालापोत कार्यालय अगाडि कोणसभाको आयोजना गरियो । उक्त कोणसभालाई अखिल नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय सदस्य तथा सुदुर पश्चिम संयोजक टंक कोइराला र नेकपा(क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामबहादुर के.सी.ले सम्वोधन गरेका थिए भने सञ्चालन दामोदरले गरेका थिए । कोणसभा अघि टोलीले पश« शाखामा गई उक्त नक्शा हस्तान्तरण गरेको थियो ।


कोणसभापछि अभियान टोलीले नेपालको सही सीमाना भएको चुच्चे नक्शा लिएर नापी शाखामा बुझाउने काम पनि ग¥यो भने सोही नक्शालाई टिकापुर बहमुखी क्यम्पसमा गई त्यहाँको क्याम्पस प्रमुखलाई हस्तान्तरण गरेर टांग्न लगाएको जानकारी प्राप्त भएको छ ।


ती सबैमा कार्यालय प्रमुख र कर्मचारीहरुको एउटै भनाइ थियो–सरकारले गर्न पर्ने काम तपाईहरुले गरेर नेपालको राष्ट्रियता र सार्वभौमिकताको संरक्षणका लागि एउटा गतिलो अभियान चलाउनु भएको छ, यसलाई अन्तिमसम्म निरन्तरता दिनुका लागि शुभकामना समेत दिइएको थियो । त्यहाँको पार्टीले पछिका दिनहरुमा पनि उक्त अभियानलाई निरन्तरता दिने कार्यक्रम रहेको जानकारी दिइएको छ ।