‘राष्ट्रिय स्वाधिनता र संगठन विस्तार अभियान’ भारत प्रवासमा

प्रकाशित मिति : २०७६ चैत्र १


दिल्लीी । नेपाली एकता समाज भारतको नेतृत्व र पहलमा ‘राष्ट्रिय स्वाधिनता र संगठन विस्तार अभियान’ अन्तर्गत भारतको दिल्ली, पन्जाव, मुम्बई, चण्डीगढलगायत सबै डिओसीहरुमा कार्यक्रमहरु सम्पन्न भएका छन् ।
भारतमा फरवरी १२ देखि सु? गरेर ८ मार्च २०२०सम्म गरी प्रचारात्मक र संगठनात्मक विस्तार सम्वन्धी विभिन्न कार्यक्रमह? सम्पन्न भएका छन् । भारतको दिल्लीमा नगर स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । १४ र १५ फरवरीका दिन २ दिने प्रदेश बैठक वसी सम्मेलनलार्इृ ठोस बनाउने काम भएको थियो । बैठक ऐतिहासिक ?पमै सम्पनन भएको छ ।
१७ फरवरीका दिनमा पार्टीको प्रवास प्रदेश समिति गठन गरिएको छ । नेपाली एकता समाजको केन्द्रीय समितिको पहलमा पार्टीको प्रदेश समिति बैठक सम्पन्न भएको छ । । यसैक्रममा दिल्ली स्थित ओखला नगरसमितिको बैठक बस्यो । त्यसपछि नाएडा नगर समितिको बैठक सम्पन्न गरियो । संगठन विस्तारकै दौरानमा सुरज कुमार र मिलन केसीलाई वर्गदृष्टि र मुलबाटोको सम्वाददाता बनाउने निर्णय गरिएको छ । एउटा नगर प्रशिक्षण तथा जनजागरण कार्यक्रम पनि सम्पन्न भएको छ ।
सोही अभियानलाई निरनन्तरता दिंदै नेपाली एकता समाज दिल्ली राज्य समितिको बैठक, पन्जावको विभिन्न जिल्ला र राज्य समितिका बैठकह? सम्पन्न भएका छन् । सहीद सप्ताहको उपलक्ष्यमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । ५ मार्चमा पन्जाव राज्य समिति अन्तरगत पठानकोट जिल्ला समिति र होशियारपुर नगरसमिति, त्यस्तै तलबाडा नगरसमितिले सहीद सप्ताह मनाएका छन् । नेपाली एकता सामाज भारत दिल्ली राज्य समितिका बैठकह? सम्पन्न भएका छन् । भारतभरी राजनीतिक प्रशिक्षण तथा जनजागरण कार्यक्रम अगाडि बढाउने निर्णय बमोजिम केही प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएका छन र अन्यमा शु? गरिएका छन् । नेपाली एकता समाज भारतको दिल्लीमा नगर स्तरिय प्रशिक्षण सम्पन्न गरिएको छ ।


माघ १९,२० र २१ गते नेपाली एकता समाज भारतको दिल्ली राज्य समिति अन्तरगत पर्ने ओखला नगर समितिमा प्रशिक्षण तथा जनजागरण अभियान कार्यक्रम नगर अध्यक्ष विष्णु सा?को अध्यक्षतामा सम्पन्न भएको छ । विशेष राजनीतिक प्रशिक्षण तथा जनजागरण अभियान नाम दिइएको उक्त प्रशिक्षण कार्यक्रमा नेपाली एकता समाजका केन्द्रीय इन्चार्ज कूमार बोगटीको प्रमुख आतिथ्यता र एकता समाजका सचिवालय सदस्य हरि थापा र गोविन्द सिंह थापाको उपस्थिति थियो ।
प्रशिक्षणका प्रमुख अतिथि कुमार बोगटीले संगठन, संघर्ष, राष्ट्रिय स्वाधिनतालगायत विभिन्न खालका अभियान र ती अभियानह?मा प्रवासीह?ले निर्वाहा गर्नु पर्ने भूमिकाको विषयमा प्रशिक्षित गरेका थिए । त्यस्तै पार्टी संगनको सदस्यताको महत्वको विषयमा पनि प्रष्ट पारेका थिए । कार्यक्रमको संचालन नगर सचिव लोकबहादुर लिङ्खालीले गरेका थिए ।

‘राष्ट्रिय स्वाधिनता र संगठन विस्तार अभियान’ भारत प्रवासमा
नेपाली एकता समाज भारतको पन्जाबमा सहीद सप्ताहा कार्यक्रम सम्पन्न भएका छन् । मार्च १ २०२०का दिन नेपाली एकता समाज भारत नगर समिति होशियारपुर र तलवाडा् नगर समितिह?को आयोजनामा सहिद सप्ताह कार्यक्रम भब्य ?पमा सम्पन्न गरियो । उक्त कार्यक्रमका अतिथि केंद्रीय समिति सचिब मिलन केसीले शहिद सप्ताह तथा बलिदान दिवशका बारेमा र प्रत्यक्ष वर्गसंघर्षमा भारत प्रवासबाट करीब ६८ जना साथीह?ले साहदत प्राप्त गर्नुभएको थियो भनी जानकारी गराए । मन्तव्यकै क्रममा उनले त्यसकारण शहिदहरुको सम्मान, वहाँहरूले देखाएको बाटोमा निरन्तर लागि रहने विश्वास व्यक्त गरे । कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष बीरबहादुर गौतम, केसस रामु शर्मा पौडेल, कमला गौतम लगायतको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता राकेश बिकले गरेका थिए भने सन्चालन गोबिन्द बिकले गरेका थिए ।


‘राष्ट्रिय स्वाधिनता र संगठन विस्तार अभियान’ कार्यक्रमकै दौरानमा ११०औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला राज्य समितिको भेलाको कार्यक्रम सम्पन्न भएको छ । बेलमाया थापाको अध्यक्षतामा १५ सदस्यीय महिला राज्य समिति नीर्वाचित गरिएको छ । जसको उपाध्यक्षमा विष्नुमाया अधिकारी, सचिवमा सरस्वती न्यौपाने, सहसचिवमा सविना थापामगर, कोषाध्यक्षमा रेखा जैगदी र सदस्यह?मा सपना पुलामी, सान्ती घर्तिमगर, रिता थापा, करिस्मा बोहरा, संगिता जैगदी, मनकला भण्डारी, जानकी देवी भण्डारी, र ३ सदस्य पछि थप्नेगरी १५ सदस्यीय महिला राज्य समिति नीर्वाचित भएको छ । उक्त कार्यक्रम बेलामाया थापाको अध्यक्षता, समितिका राज्य उपाध्यक्ष केसव थापाको स्वागत र नेपाली एकता समाज भारतका केन्द्रीय सचिवालय सदस्य हेमराज शर्मा, बालकृष्ण अधिकारी, नन्दलाल त्रामु, के.स. प्रताप थापा,देजमो नेपालका ५ नं. प्रदेश सहसचिव विक्रम भण्डारी, नेपाली एकता समाज भारतको पश्चिम भारत राज्य समिति सल्लाहकार धनबहादुर पुलामी, नगर अध्यक्ष लोकेश न्यौपाने लगायत अतिथिहरुद्वार शुभकामना मन्तव्य दिइएको थियो । पालघर नगरसमितिको सक्रियतामा एवं सहयोगमा पालघरस्थित अम्वामाता हलमा सम्पनन उक्त कार्यक्रममा नगरसमीतिका कार्यकर्ता तथा स्थानीय नेपालीको उल्लेख्य सहभागिता थियो ।
त्यसैगरी मार्च ८ २०२०का दिन नेपाली एकता समाज भारत हैदरावाद महिला नगर समितिको आयोजनामा ११० औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस दिलमाया थापाको अध्यक्षतामा कृष्ण ठकुरीको संचालनमा प्रमुख अतिथि नेपाली एकता समाज भारतका केन्द्रीय समित अध्यक्ष आनन्द थापा र अन्य अथितिह?मा राज्य समिति अध्यक्ष रामकुमार कार्की, नगर अध्यक्ष गोविन्द के.सी. र स्वागत मनतव्य सपना चापागाईलेगरकी थिइन । मनतव्य दिनेह?मा तुलसी भुल, सान्ता गु?ङग, मन्जु क्षेत्री, मन्सरा भुल, कोशल्या भुल, सुस्मीता कार्की, कल्पना चापागाई र नेपाली एकता समाज भारतका तर्फबाट राज्य सचिव टिकाराम भुल, सहसचिव विक्रम वि.सी., राज्य सललाहकार प्रकाश चापागाई र नगर उपाध्यक्ष पदम कार्की लगायतले महिलाह?को हकहीतका लागि महिलाह?नै जागरुक हुनु पर्छ भन्ने भनाइ राख्दै कार्यक्रम भव्यताका साथ जिडिमेटला भिलेज हैदरावादमा सम्पन्न गरिएको थियो ।

निष्कर्ष
‘राष्ट्रिय स्वाधिनता र संगठन विस्तार अभियान’ लाई भारत प्रवासमा अगाडि बढाउन जनवर्गीय सगठन(नेपाली एकता समाज भारत)को विस्तारमा राम्रो सफलता देखिएता पनि पार्टीको भूमिगत संगठन विस्तारमा नेपाली एकता समाज भारतको नेतृत्वमा देखिएको पार्टीको व्यानर र नाम अनि जनयुद्ध दिवस मनाउन देखिएको नामबाटै तर्सने प्रवृतिलाई क्रमसः पार्टी स्कूलिंगद्धारा सैद्धान्तिक, वैचारिक तथा राजनीतिक अस्पष्टतालाई स्पष्टतामा ?पान्तरणको आवश्यकता महशुस भएको छ । नेपाली एकता समाज भारतको नेतृत्वले ‘राष्ट्रिय स्वाधिनता र संगठन विस्तार अभियान’ लाई भारत प्रवासमा अगाडि बढाउन गरेको प्रयास र तयसबाट संगठन विस्तारमा देखिएको प्रगति प्रशम्सायोग्य छ ।