बिश्वब्यापी इतिहासमा राज्यसत्ता परिवर्तनको लागि महत्वपूर्ण आन्दोलन भएको पाइन्छ । हरेक परिवर्तनको पछाडी राज्यसत्ता दासयुग,सामन्तबादी युग र पुँजीवादी युगमा बिश्व प्रवेश गरे पनी विश्वभरी महिला मुक्तिको कुरा र महिलामाथी भएको अत्याचार र त्यसको गहिरो अध्यन अनुसन्धान र महिला मुक्ति आन्दोलनको भूमिकाको बारेमा पुँजीवादी राष्ट्रमा सकारात्मक मुल्याङकन भएको पाइदैन । ८ मार्चको बारेमा सयुक्त राष्ट्र संघमार्फत अन्तर्राष्ट्रिय मान्यता दिएपनी त्यो भन्दा पहिले समाजबादी राष्ट्र सोभियत रूसको अगुवाइमा उत्पीडित बर्ग र महिलाको बारेमा गहिरिएर अध्यन गरी सकारात्मक निर्णय लिएको पाइन्छ, जसको बिस्तृत ब्याख्या तल गर्न खोजिएको छ ।
विश्व मानव सभ्यताको लामो इतिहासलाई गहिरो र गम्भीर बनेर ऐतिहासिक भौतिकबादी कोण होस यात सम्पुर्ण धर्मशास्त्रका कोण, सबै कोण केलाएर अध्यन गर्ने हो भने मानव जातिको दुख भन्ने सब्दको नमेटिएको नाम महिला हो र त्यसबाट मुक्तिकोलागी इतिहासमा भुल्न नसकिने महिला आन्दोलन भएका छन । त्यस्तै महिला आन्दोलनको बिर्सन नहुने ऐतिहासिक दिन ८ मार्च हो र त्यो भन्दा पहिले सन १८५७ मा अमेरिकामा गार्मेन्ट मजदुर महिलाहरुले हडताल गरेको इतिहास छ, जतिबेला धेरै महिलाहरुको बलिदान भएको थियोे । त्यसैको सम्झनामा सन १९१० मा डेनमार्कको कोपन हेगनमा अन्तर्राष्ट्रिय महिला सम्मेलनमा क्यालरा जेट्किन, रोजा लगायतका केही महिलाले अमेरिकाको गार्मेन्टमा महिलाहरुले हडताल गर्ने क्रममा बलिदान भएको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिबस मनाउने भन्ने प्रस्ताव राखेपछि ८ मार्चमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिबस मनाउन थालिएको हो तर त्यो प्रस्ताव बिश्वब्यापी हुनसकेको थिएन जब सन १९१७ मा लेनिनको नेतृत्वमा रुसमा अक्टोबर क्रान्ति सम्पन्न भयो, त्यतिबेला देखिनै सोभियत रुसको कम्युनिस्ट पार्र्टीले राजकीय रूपमा नै सरकारी स्तरबाट निर्णय गरेर ८ मार्चलाइ बिधिबत रूपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिबस मनाउने भनेर घोषणा गरेको पाइन्छ । त्यसपछि संसारभरिका कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिबस मनाउन थालेको हो । पछि बिस्तारै कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट सत्ता कम्जोर बन्दै गएपछि कम्युनिस्ट आन्दोलनले स्थापित गरेका थुप्रै राम्रा कामहरु बुर्जुवा वर्गले नक्कल गरेर लागुगर्न थालेपछी १९७५मा संयुक्त राष्ट्र संघले निर्णयार्थ पास गरेर बिश्वब्यापी रूपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिबसको नाममा श्रमिक हटाएर अन्तर्राष्ट्रिय महिला दिबस मनाउन थालिएको हो । श्रमिक हटाएर पँुजिपती महिलाहरुको समेत दिबस बनाइएको हो । त्यसपछि मात्रै संसारभरी ८ मार्चलाइ अन्तर्राष्ट्रिय महिला दिबसको रूपमा मनाउन थालिएको हो ।
महिला उत्पीडन सम्बन्धी केही कुरा
संसारको सबभन्दा लामो कठीन दुःख के हो ? भनेर सोधेर प्रश्न गर्दा त्यसको उत्तर महिला हो भनेर भन्न सकिन्छ । बिश्व मानव सभ्यताको बिकास सँगसँगै मानव असमान बर्गको निर्माण भएसँगै महिलामाथी चरम उत्पीडन सुरु भएको हो । महिला उत्पीडनको इतिहास अध्यन गर्दा मानव समाजमा बर्गको निर्माण भएको झन्डै साडे आठ हजार बर्ष बेसि भयो भने महिला हिंसा र उत्पीडन भएको पनि साडे आठ हजार बर्ष भन्दा बेसि भएको तितो सत्य हो । नीजि सम्पत्ति र नीजि सामान सँगसँगै महिलालाई पनि नीजि साधनको रूपमा प्रयोग गरेको तथ्य हो । महिलाको निम्ति नीजि श्रीमान भन्ने रहेन । पुरुषका लागि नीजि श्रीमति बनाउने जस्ले सन्तान उत्पादन र पुरुषले भनेका सबै काम गर्नुपर्ने त्यसो गर्न नसकेपछि पुरुषबाट मारिनुपर्ने कानुनी रूपमा आयो । तथ्यले के देखाउछ भने दास युगको सुरु हुनुभन्दा पहिलेनै नीजि सम्पत्तिको सुरुसँगै महिलाहरू पहिलो दासको रूपमा परिवर्तन भएको पाइन्छ । दास युगको अन्त्य भएपनी महिला दासहरु यथावत उत्पीडित बनिरहेको इतिहास छ । सामन्तबदी युगमा सामन्तबाट भुदास किसान, उत्पीडित बर्ग, जाती, समुदाय उत्पीडनमा परयो भने उत्पीडित बर्ग जाती, समुदाय किसान मजदुर र सामन्तबर्गकै महिलाहरु सम्पुर्ण रूपमा महिला हिंसा र उत्पीडनमा परेका इतिहासमा ताजै छन । तथ्यगत रूपमा अध्यन गर्दा उत्पीडित भित्रको महा उत्पीडित मानव जाती भनेकै महिला हुन पुगेको हो ।
त्यसपछि पँुजिबाद आयो पँुजीवादी ब्यबस्थामा पनी पँुजिपती बर्गभित्रकै महिला उत्पीडित, मजदुर बर्गभित्र मजदुर महिला उत्पीडित, किसान बर्गभित्र किसान महिला उत्पीडित, यसरी सम्पुर्ण जाती समुदाय बर्ग भित्रमा सम्पूर्ण महिला उत्पीडितको इतिहास छ । साडे आठ हजार बर्ष पुरानो इतिहासमा बर्गको निर्माण सँगै दास युग, सामन्तबादी युग, पँुजीवादी युगसम्म आउँदा दास किसान, दास मजदुर बर्ग समुदाय मुक्त भए तर महिलाहरू आर्थिक, सामाजिक, संस्कृतिक धार्मिक हिसाबले संसारभरी मुक्त हुन सकिरहेका छैनन ।
साम्राज्यवाद तथा भुमण्डलीकृत पुँजीवाद र महिला
दासयुग,सामन्तबादी युगर औद्योगिक पँजीवादी युगमा महिलाको श्रमलाई शोषण गर्ने भन्दा भुमण्डलीकृत पुँजिबादी युग महिला हिंसामा निःकृष्ट र पासबिक तरिकाले उत्रेको छ । रूपमा हेर्दा स्वतन्त्रता जस्तो देखिएपनी सारमा महिलाहरुमाथी हुने गरेको हिंसालाई गम्भीर अध्यन गर्ने हो भने समन्तबादी युगमा समाजमा महिला बेश्याबृती तथा देह ब्यापार कम हुनेगरेको पाइन्छ । त्यतिबेला सामन्त राजा महाराजाले यौन सोसन तथा महिला उत्पीडन गर्दा गनिका कक्ष भनेर राखेको पाइन्छ । हिजोको सामन्तबादी युगका राजा महाराजाहरुले गरेको भन्दा अहिलेको पँुजीवादी युगमा महिला हिंसा नारी उत्पीडन अत्यन्तै डरलाग्दो र पासबिक तरिकाले बढेको पाइन्छ । अहिलेसम्मकै सबैभन्दा आफुहरुलाइ अत्यन्तै मानव अधिकारवादी मुलुकहरू मध्य अब्बल दर्जाका राष्ट्र भन्न रुचाउने अमेरिका नर्बे र समाज बिकास र स्वतन्त्रताको हिसाबले आफुलाइ बिकासको उच्च गतिको रूपमा अगाडी देखिन कहलाउने थाइल्यान्ड जस्ता देशहरूमा माहिलालाई बाध्यात्मक रूपमा देह ब्यापार गर्न बाध्य पारिएको पाइन्छ । त्यस्ता स्थानहरुमा बाह्य पर्यटकहरुलाई मनोरञ्जनका लागि हेर्नकालागी समेत खुल्ला गरेको पाइन्छ । निन्दनीय त के भने जबर्जस्त महिलाहरूमाथी यौनजन्य हिंसा भएको समेतलाई देखाइन्छ, जहाँ पुँजीवादी युगका आफुलाई मानव अधिकारबादी तथा मानबताबादी स्वतन्त्रताको उच्च अभ्यास गरेको दाबी गरेका छन । जहाँ लाखौलाख नारिहरुलाई पैसाको मोलमोलाई गरेर किन्ने र बेच्ने प्रचलन स्थापित गरेका छ्न । अहिले पनि महिला हिंसा सम्बन्धी बिश्वको तथ्यांक हेर्ने हो भने प्रतिदिन एक अरबको संख्यामा महिला हिंसा हुन्छ । यो हिंसालाई अध्यन गर्ने हो भने दोस्रो बिश्वयुद्द भन्दापनी चरम उत्पीडन भएको मान्न सकिन्छ । अझ यसलाइ स्पष्ट पारेर भन्ने हो भने प«ँजीवादी सत्ताबादी सोचबाट उत्पादित पँुजिबादले हरेक दिन एक एक अरब महिलामाथी गरेको उत्पीडन र अत्याचारको भयानक विश्व युद्ध हा,े जसलाई अहिलेसम्म कुनैपनी समाजसाश्त्रीले उल्लेख गरेको पाइदैन । बर्गको उत्पति सँगै लगातार आठ हजार बर्षदेखि अहिलेसम्म पुरुषले महिलामाथी गरेको अत्याचारको तितो इतिहास हो
महिलामाथी उत्पीडन हुने मुलसमस्या पु‘जीवादीसत्ताबाद के हो ?
पु‘जवादको उदयसँगै महिलाहरूमा देखिएको स्वतन्त्रता र उत्पीडनको ब्याख्या हुनु जरुरी छ । दास युग तथा सामन्तबादी युगभन्दा पँुजीवादी युगमा राजनीतिक, आर्थिक र सामाजिक अधिकारहरु पुँजीवादले धेरै दिएको पाइन्छ तर महिलामाथि पुरुषहरूको उत्पीडको मुल समस्या के हो भन्ने कुरा अहिलेसम्म कम्युनिस्ट आन्दोलन तथा प्रजातान्त्रिक मुलुकमा बहस हुन सकेको छैन । कम्युनिस्ट शासन ब्यबस्था स्थापना भएका धेरै राष्ट्रहरुमा पनी महिला मुक्तिको प्रश्नको गम्भीर छलफल हुन नसकेको हो । महिला उत्पीडनको समस्या सर्बहारा वर्गकै हैसियतमा वर्गिय उत्पीडनको समस्या हो जसको मुक्तिको प्रश्न सर्बहारा वर्गको मुक्तिकै आन्दोलनसँग जोडेर लिनु जरुरी छ । महिला वर्ग होइन तर महिला उत्पीडनको समस्या सर्बहारावर्गकै स्तरको समस्या हो । अबको जनवादि क्रान्ति समाजवादी क्रान्तिमा महिला मुक्तिलाई समाजवादको स्थाइत्व र प्रतिक्रान्तिको निर्मुलिकरणमा अनिवार्य महिला मुक्तिको प्रश्न सँग जोडिएर आउँछ । जसरी नीजि सम्पत्तिको उत्पादन वर्गको उत्पादन सँगै पृतीसता र महिला उत्पीडनको सुरुवात भएको हो । त्यसैले महिलामाथी हुने सम्पुर्ण हिंसालाई वर्गियमुक्ती आन्दोलनकै अभिन्न अङ्ग हो भनेर बुझ्न जरुरी छ । महिला हिंसालाई कुनै किसान समस्या जस्तो होईन भनेर राजनीतिक पार्र्टी र सम्पुर्ण महिला अधिकारवादी महिला आन्दोलनकारीले बुझ्न नितान्त जरुरी छ । बैज्ञानिक समाजवादी क्रान्तिको आधारभूत शक्तिनै सर्बहारा मजदुर महिला हो र सर्बहारा वर्गकै रूपमा महिला मुक्तिको आन्दोलन उठाउन जरुरी छ ।
माक्र्सवादी दृष्टिकोणमा प्रेम र स्वतन्त्रता ।
कम्युनिस्ट आन्दोलनको लामो इतिहास अध्यन गर्दा प्रेमलाइ ब्याख्या दुई तरिकाले गरेको पाइन्छ । एउटा वर्गियता र अर्को एकनिष्ठता । यतिलेमात्र महिला स्वतन्त्रताको कुरा अपुरो हुन्छ । रुसी कम्युनिस्ट आन्दोलनमा प्रेम र स्वतन्त्रतालाई एकनिष्ठता र बर्गियताले मात्रै सर्बब्यापी बनाउन सक्तैन भन्ने केलरा जेट्किन इलेक्जेन्ड्रा कोलन्ताइले महान बहसमा ल्याउनु भएको छ । प्रेमको एउटा मात्र आकार देख्ने दृस्टिकोणले नै महिला मुक्ति आन्दोलनले स्वतन्त्रताको सफलता हासिल गर्न नसकेको तितो इतिहास छ । धेरै महिला राजनीतिक अधिकार कर्मीहरुमा प्रेम भनेको मन परेपछि महिला स्वतन्त्रताको सबथोक प्रेम पूरा भएको ब्याख्या गर्छन यो बुझाइ र ब्याख्या नै नितान्त अधिभुतवादी चिन्तन हो । प्रेम भनेको आफैले जोडी छान्न पाउनेलाई मात्रै प्रेमभित्रको स्वतन्त्रता होईन । वास्तविक रूपमा माक्र्सवादी दृस्टिकोणको वैज्ञानिक कोणमा प्रेमभनेको महिला र पुरुष समान्तामा आधारित प्रेमलाइ प्रेम भनिन्छ । मुल समस्या अहिले महिला र पुरुष समनतामा आधारित प्रेमकै समस्या हो । अबको माक्र्सवादी महिला आन्दोलनकर्मीले यो कुरालाई बुझ्न जरुरी छ । नेपाली समाजमा महिला स्वतन्त्रता र मुक्तिको प्रसङ्ग हेर्दा महिला र पुरुषको प्रेमबाट सुरु भएको सम्बन्ध वैवाहिक बन्धन पछि उत्पीडनमा रुपान्तरण भएको छ । यस्तो प्रकारको प्रेमलाइ प्रेम र स्वतन्त्रताको हिसाबले गम्भीर तरिकाले सोच्न बाध्य बनाउछ । अबका माक्र्सवादी तथा प्रजातान्त्रिक महिला राजनीति कर्र्मी महिलाहरूले महिला र पुरुष संमानतामा आधारित आन्दोलनको बहस चलाउन जरुरी छ ।
नेपाली महिला मुक्ति आन्दोलन र मुक्तिको प्रश्न
नेपाली समाजमा महिला मुक्तिको लागि नेपाली प्रजातान्त्रिक आन्दोलन देखि वर्गियमुक्ती आन्दोलन सम्मको इतिहासमा हेर्दा महिलाको उल्लेखनीय सहभागिता भएको छ । २००७ सालको राणा बिरोधि आन्दोलन, २०२८ सालको झापा बिद्रोह, २०४६ सालको जन आन्दोलन र दस बर्षको महान जनयुद्धमा महिला सहभागिताको मुल उदेश्य महिला माथी भएको उत्पीडन र अत्याचारको विरुद्धमा थियोे भन्ने कुरालाई नेपाली राजनीतिमा गम्भीर समिक्षा नहुनु दुर्भाग्य हो । महिला अधिकारलाई सिङ्गो महिला मुक्ति आन्दोलनमा महिलाहरूको उल्लेख्य सहभागिता त्याग र बिरतापुर्ण बलिदानलाई बर्तमन अबस्थामा किसानको समस्या छेत्रीए समस्याको हिसाबले हेरिनु मुलत संविधानमै विभेद छ र राजनीति पार्र्टीहरुमा समेत खोटपुर्ण दृष्टिकोण छ । जबसम्म समाज परिवर्तन र राज्यको कार्यकारी पदमा समेतमा पुरुषहरु बराबर महिलाको छेमता छेमता हुन्छ र छ भन्ने बैचारिक चिन्तन र दृष्टिकोणबाट राजनीतिमा बहस हुन सक्तैन तबसम्म महिला मुक्तिको प्रश्न ओझेलमा रहिरहन्छ । महिलाहरूको सहभागिता बिना बिश्वब्यापी राजनीति आन्दोलन र वर्गसंघर्षको इतिहासमा सफलता असम्भव देखिन्छ त्यसरीनै राज्यको कार्यकारी स्थानमा महिलाहरुको सहभागिता बिना राज्य ब्यबस्था अपुरो र अपांग रहन्छ भन्नेतिर अबको राजनीतिमा महिला मुक्तिको बहस हुन जरुरी छ । बर्तमन संविधानमा र अहिलेका कम्युनिस्ट नामधारी पार्र्टी र आफुलाइ उचित प्रजातान्त्रिक राजनीति पार्र्टी भन्न रुचाउने राजनीतिक दलहरुको बैचारिक दृष्टिकोण हेर्दा महिला मुक्ती भन्दा महिलाको सहभागिता र आरक्षण पृतीसत्ताबादी सोंचको घनत्वोको आकडाबाट हेर्दा महिला मुक्तिको प्रश्ननै राज्यको मुल समस्या हो भनेर नबुझ्ने देखिएको छ ।
बुर्जुवा राजनीतिक पार्र्टी र महिलाहरूमा देखिएको गम्भीर कन्फ्युजन ।
महिला आन्दोलनमा महिला मुक्तिको कुरासँग हरेक बहसमा महिला नेतृत्वले गरेको बहस र बुझाइमा गम्भीर अकर्मण्यता देखिन्छ । महिला मुक्तिको बिषयलाई राजनीतिक पार्र्टीको मुल निर्णयलाई सैनिक निर्देशनको रूपमा बुझ्ने समस्या छ । अहिले सत्तामा र प्रतिपक्षी राजनीति पार्टीको कार्यकारी पदमा बसेका महिलाहरूले छड्के किनारमा बसेका साक्षीको रूपमा भुमिका निर्वाह गरेको पाइन्छ कतिपय राजनीति दलका महिलाहरुमा आफ्नो राजनीतिक पार्टिले पृतीसत्तावादी निर्णय गरेपछि पनि त्यो सहि ठान्ने पाखण्डी पृतिसत्ताबादी सोच बुर्जुवा राजनीति पार्र्टीका महिलाहरूमा गम्भीर समस्या देखिन्छ । मुख्य कुरा बिश्व महिला मुक्तिको कुरा र कम्युनिस्ट आन्दोलनको भूमिकाको बारेमा सुरुमै भुमिकामा लेखिएको छ वास्तविक कम्युनिस्ट पार्र्टी माक्र्सवादी चिन्तन बाहेकका बुर्जुवा राजनीतिक पार्र्टी बुर्जुवा सरकारले महिला मुक्तिको प्रसङ्ग सब मिथ्या हो भन्ने साबित छ । यतिबेला कथित कम्युनिस्ट नामधारी राजनीति गर्ने पार्र्टी र तिनैको पेरिफेरिमा बनेको सरकारले महिला अधिकार मुक्ति सत्तामा महिलाको भुमिका सबैभन्दा रुढीबाद पाखण्ड पृतीसतात्मक चिन्तन अनुरूपको देख्दादेख्दै चुपचापले समर्थन र त्यसैलाई कम्युनिस्टको राजनीति कार्यदिशा कम्युनिस्टको सरकार देख्नु गम्भीर समस्या हो बास्तबिकता के हो भने अर्ध सामन्त तथा अर्ध(नव)उपनिवेशी गणतन्त्र स्थापना गरेर बैज्ञानिक समाजबादी समाजको निर्माण सँगै महिला र पुरुष समान सहभागिता सहितको राज्य ब्यबस्थाको निर्माण सँगै महिला मुक्तिको सुन्दर भबिश्य सुनिश्चित हुन्छ । धेरैजसो महिला राजनीतिक कर्र्मी तथा महिला अधिकारकर्र्मीले महिला उत्पीडनको मुल समस्या सामाजिक, आर्थिक, धार्मिक, संस्कृतिक मात्रै देखाउछन । त्योमात्रै होइन जबसम्म राज्यसत्ता संचालन लगायतका सम्पूर्ण कार्यमा पुरुष सरह महिलाको संमान सहभागिता र श्रममा महिला सरह पुरुषले संमान सहभागिता जनाउने राज्यको मुल कानुन बन्दैन त्यहाँ सम्म महिला मुक्तीको कुरा असत्य साबित हुनेछ । राज्यको स्वरुप पुर्नरुपले जनवादी तथा सर्बहारा वर्गको अधिनायकवादी राज्यसत्ता स्थापना हु‘दैन, तबसम्म महिलाको भुमिका शून्य रहनेछ । त्यसका लागि जनवादी गणतन्त्र स्थापना हुन जरुरी छ । अनिमात्र बैज्ञानिक समाजवादी क्रान्तिका लागी बलियो आधार निर्माण हुन्छ ।समाजवादी क्रान्तिमा पुरुषहरूकोभन्दा महिलाको भुमिका अत्यन्तै महत्त्वपूर्ण बन्छ ।
नेपाली महिला नेतृत्वमा देखिएको वास्तविक समस्या के हुन ?
नेपाली महिला मुक्ति आन्दोलनमा महिलाहरुले जसरी मुक्तिको लागी बलिदानी पुर्बक संघर्स गरेर सत्ता र शक्तिमा पुग्दछन त्यसपछि भुमिकाहिन आकडामा सिमित भएको देखिन्छ । महिला अधिकार र मुक्तिका लागी सत्तामा , सरकारमा पुग्छन । आफुले रुचाउने राजनीति सिद्धान्त राजनीति पार्र्टीको बफादार सिपाहीको मात्रै भूमिकाको जिम्मेवारीमा सिमित रहन्छन । श्रीमानले महिला अधिकार यहीं हो यहाँ देखी अगाडी जानेबाटोपनी यहीं हो भनेपछि महिला नेताकार्यकर्ता त्यसैमा सिमित रहन्छन । यो नै महिलाभित्र उत्पन्न पृतीसत्तावादी अकर्मण्यता गम्भीर समस्या हो । पुरुषले लेख्देको प्रतिबेदन महिलाको अधिबेशन र संघसंगठनका कार्यक्रममा रटाउने समाजवाद महिलाको मुक्तिको नचाहिने सपनाहरू अलाप्नु रहस्यमय समस्या बनेको छ । श्रीमान तथा आफ्नो राजनीति नेतृत्वसंग कार्यकारी पदको बार्गेनिङ गरेर महिला अधिकार तथा मुक्तिको आन्दोलनको मुद्दाहरूको बेवास्ता गर्ने जस्ता समस्या देखा परेका छन् । अबको महिला मुक्ति आन्दोलन जनवादी गणतन्त्रको स्थापना गर्नको लागी जनबादी क्रान्तिको बाटोमा लाग्न अनिवार्य र जरुरी दुवै भएकोछ । जनवादी क्रान्ति सप्पन्न गरेर मात्र बैज्ञानिक समाजवादी क्रान्तिका लागि सिङ्गो समाज तयार हुन्छ । बैज्ञानिक समाजवादी क्रान्तिमा मात्रै पुरुष सरह महिलाको संमान सहभागिता बढेर जान्छ भन्ने कुरामा अबको महिला अगुवा तथा अधिकार कर्मीले बुझ्न जरुरी छ ।
लेखीका देशभक्त जन गणतान्त्रिक मोर्चा नेपालको केन्द्रिय सदस्य हुनुहुन्छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर