पूवी रुकुम फागुन १७ गते
क्रान्तिकारी माओवादीको अभियानटोली ६ नं. प्रदेशको पश्चिम रुकुमका केही गाउँपालिकामा कार्यक्रम सम्पन्न गरी आजै बेलुका जाजरकोट वास वस्न जाने जानकारी प्राप्त भएकोछ । आजको पहिलो कार्यक्रम सानीभेरी गाउँपालिका ९ सिम्लीमा सम्पन्न भएको छ । सो कार्यक्रममा तेजविक्रम शाही र दिपक बहादुर शाहीले सम्वोधन गरेका थिए भने अमर राहादीले जनवादी गित गाएका थिए । कार्यक्रमको सचालन दिल बहादर कठायतले गरेका थिए ।


त्यसैगरी आजै चौरजहारी नगरपालिका २ चौरजहारी बसपार्कमा अर्को कार्यक्रमको आयोजना गरियो । दिल बहादुर कठायतद्धारा संचालन गरिएको उक्त कार्यक्रममा चन्द्रा थानी र नीरज केसीले सम्वोधन गरेका थिए । बीच बीचमा अमर राहादीले जनवादी गित गाएका थिए ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर