सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुली बजारमा १०दलीय मोर्चाको विरोध सभा सम्पन्न

सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुली बजारमा १०दलीय मोर्चाको विरोध सभा सम्पन्न

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

देशैभरी विरोधसभाहरु गर्ने १०दलीय नीर्णयअनुसार सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुली बजारको लोकतान्त्रिक चौतारामा ‘राष्ट्रिय स्वाधिनताको रक्षा र एमसीसीको विरोध’ मा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(मसाल), नेकपा(माले), नेकपा(संयुक्त), देजमो नेपाल, राजमो नेपाल, जनसमाजवादी दल र राष्ट्रिय जागरण परिषदलगायत दलहरुको सहभागितामा विरोध सभा सम्पन्न भएको छ ।

उक्त विरोधसभामा नेकपा (क्रान्तिकारी माआवादी)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ले राष्ट्रिय स्वाधिनता र क्षेत्रीय अखण्डताको रक्षाका लागि र एमसीसीको विरोधमा १० दलीय संयुक्त आन्दोलन गर्ने केन्द्ीय निर्णयअनुसार भारतीय नक्सामा पारिएको नेपाली भूमि भारतीय नक्साबाट हटाएर नेपालको नक्सामा नपारेसम्म, कालापानीबाट भारतीय सेना नहटाएसम्म र एमसीसी खारेज नगरेसम्म विशाल जनआन्दोलन र नेपाल बन्दसम्म जाने १०दलको निर्णयअनुसार ७७वटै जिल्लामा कार्यक्रम भएका र यो जिल्लामा पनि यस सिन्धुली माडी बजारको लोकतान्त्रिक चौतारामा विरोधसभा राखिएको वारे जानकारी दिंदै चैत्र २४ गते विशाल जनप्रदर्शनका लागि काठमान्डौ जान पनि उनले अनुरोध गरेका थिए । उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र राजामोका जिल्ला नेता हिरा श्रेष्ठको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन देशमो नेपालका जिल्ला अध्यक्ष ढकप्रसाद देवकोटाले गरेका थिए ।