
सुस्ता, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादमा सुस्तावासीले प्रश्न गरेका छन् । नाकावन्दीको समय राष्ट्रवादी नेताको पहिचान बनाएका केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुस्ता लगायतका सीमा संरक्षणसँगै जनतालाई सुविधा प्रदान गर्नेमा हामी विश्वस्त थियौँ सुस्ता वचाउ अभियानका अभियानकर्ताहरुले भन्नुभयो, ‘जव प्रधानमन्त्री भेट्न काठमाण्डौँ गयौँ । ३ महिना १३ दिन वस्ता समेत भेट्न दिइएन अनि थाहा भयो उहाँको राष्ट्रवाद । मञ्चको भाषणमा सुस्ता बचाउनु पर्छ एक इन्च भूमि मिच्न दिइन्न भन्ने प्रधानमन्त्रीले जो ज्यान दिएर सीमा रक्षा गरेको छ उसैलाई भेट्न समय दिनुभएन ‘उहाँहरुको भनाई थियो ।
राष्ट्रको स्वाधीनता बचाउन र भारतले मिचेको जग्गा फिर्ताका लागि वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले हिजो सुस्तामा गरेको राष्ट्रिय अभियान कार्यक्रममा बोल्दै अभियानका उपाध्यक्ष आदम खानले ज्यानको वाजी लगाई सुस्ता वचाउँदा पनि सरकारले वास्ता नगरेको दुखेसो गर्नुभयो । अझैपनि हजारौँ स्थानीय नागरिकता र लालपुर्जा विहीन छन् भने राज्यले उपलब्ध गराउने वृद्ध भत्ता, एकल महिला भत्ता, घरवास कार्यक्रम आदिको सुविधाबाट वञ्चित गराइएको बताउनुभयो ।
अभियानका प्रवक्ता रविन्द्र जैसवालले भन्नुभयो,“सरकारले नागरिकता हुनेलाई घरवास कार्यक्रम अनुसार घर बनाइदियो । नागरिकता नहुने तर सीमा संरक्षण गर्दा गर्दै मृत्यु वरण गरेका परिवारलाई नागरिकता सम्म दिँदैन । घरवास कार्यक्रममा सुस्तामा रहदा नेपाली नागरिकता लिएर भारत वस्दै गरेको व्यक्ति जनताआवास कार्यक्रमको सुविधा लिन फर्किएर आए तर हामीले उनलाई उक्त सेवा दिन रोक्यौँ । मेरो प्रश्न यही हो की राष्ट्रको माया कति हुन्छ र कसरी भूमि वचाएका छौँ हामीलाई थाहा छ अनि हामीलाई नागरिकता दिइन्न । एउटा छुट्टै समिति गठन गरी सुस्तावासीको माग तत्काल सम्वोधन गर्न आग्रह गछौँ ।”
उहाँहरुको मागलाई वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी सहित देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले ऐक्यवद्धता जनाउँदै त्यसलाई पूर्णता दिन पार्टीको तर्फबाट प्रतिवद्धता जनाएको छ । नवलपरासी पश्चिम स्थित सुस्ता गाउँपालिका वडानम्वर ५ मा आज आयोजित कार्यक्रममा सम्वोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश ४ का अध्यक्ष नेत्र रानाभाटले सुस्ता वचाउ अभियानका उपाध्यक्ष आदम खान, प्रवक्ता रविन्द्र जैसवाल र महिला नेतृ नैला वेगमले राखेको मागहरुलाई समाधान गर्न पार्टीले वलिदान दिन समेत तयार रहेको भन्दै सुस्तामा भारतले मिचेको जग्गा फिर्ताका लागि ३ करोड नेपाली जनताको साथ र समर्थन जुटाउन आफुहरु लागिपर्ने बताउनुभयो । ३ हजार बढि जनसंख्या रहेको उक्त क्षेत्रमा नेपालीलाई सरकारले न्युनतम सुविधाबाट वन्चित गरेको र भारतले मिचेको नेपाली जमिन फिर्ताका लागि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समय माग्दा भेट्न नमानेको गुनासो गरेका थिए । दुई तिहाइको सरकार सम्हाल्दा अव त सुस्ताको समस्या समाधान हुन्छ की भन्ने थियो सुस्ता वचाउ अभियानका उपाध्यक्ष खानले भन्नुभयो, तर भेट्न सम्म दिइन्न । क्रान्तिकारी भनिएका प्रचण्ड देखि शीर्ष नेताहरुसँग सीमान संरक्षणको आशा नै नरहेको उनीहरको भनाई थियो ।
पैसा ले किन्यो भने भारतीयलाई पनि नागरिकता दिने तर सीमाना रक्षार्थ ज्यान दिने सुस्तावासीलाई किन नागरिकता र लालपुर्जा विहिन वनाउने उनीहरुको प्रश्न थियो ।
सभालाई सम्वोधन गर्दै रानाभाटले आवश्यक सरकारी छानविन सहित नागरिकता, लालपुर्जा दिलाउन सरकारसँग पहल गर्ने, नेपाली भूमि जोगाउने सुस्तावासीलाई हरेक आन्दोलन र कदममा साथ दिने सहितका मागमा प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले देशको ७१ ठाउँमा अघोषित सीमा अतिक्रमण भएको भन्दै त्यसको फिर्ता गरी संरक्षण गर्न र जनतालाई सुविधाबाट वञ्चित नगर्न सरकारसँग माग गरेका थिए । नवलपरासी शाखाले गरेको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका नेकपा क्रान्तिकारी माओवादी पोलिटव्युरो सदस्य एवम् प्रदेश ईन्चार्ज चन्द्र हरि सुवेदी अटलले लिम्पियाधुरा र लिपुलेक सहित अतिक्रमणमा परेका नेपाली भूमिको तत्काल फिर्ता सहित संरक्षण गर्न माग गर्दै राष्ट्रहितमा नरहेको एमसीसी खारेज गर्न माग गर्नुभयो ।
नेकपा क्रान्तिकारी माओवादी प्रदेश ४ सेक्रेटरी केशबहादुर परियारले आफू १० वर्ष अघि सुस्ता जाँदा अवस्था र जनताको आवश्यकता जे थियो अझै पनि त्यही हुनुले दुखीत वनाएको बताउनुभयो । सरकारले सुविधाबाट वञ्चित गरेको भन्दै तत्काल सुस्तावासीको माग सम्वोधन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्ने सवै वक्ताहरुले अहिले छलफलमा तिव्रता पाएको एमसीसी पारित गर्न नहुनेमा पनि उहाँहरुको जोड थियो । महाकालि सन्धि भन्दा खतरा रहेको एमसीसी पारित गर्न नहुने र देशको स्वाधीनता र रािष्ट्रयताका लागि सवै जनता एक जुट हुन आह्वान गरिएको थियो ।