भारतभरी राजनीतिक प्रशिक्षण तथा जनजागरण कार्यक्रम सुरू

नेपाली एकता समाज भारतको दिल्लीमा नगर स्तरिय प्रशिक्षण सम्पन्न

प्रकाशित मिति : २०७६ फाल्गुन ८

- सम्वादवाता सूरज कुमार

नयाँ दिल्ली माघ १९
यहि माघ १९,२० र २१ गते नेपाली एकता समाज भारतको दिल्ली राज्य समिति अन्तरगत पर्ने ओखला नगर समितिमा प्रशिक्षण तथा जनजागरण अभियान कार्यक्रम नगर अध्यक्ष विष्णु सारुको अध्यक्षतामा सम्पन्न भएको छ । विशेष राजनीतिक प्रशिक्षण तथा जनजागरण अभियान नाम दिइएको उक्त प्रशिक्षण कार्यक्रमा नेपाली एकता समाजका केन्द्रीय इन्चार्ज कूमार बोगटीको प्रमुख आतिथ्यता र एकता समाजका सचिवालय सदस्य हरि थापा र गोविन्द सिंह थापाको उपस्थिति थियो ।
प्रशिक्षणका प्रमुख अतिथि कुमार बोगटीले पार्टी कार्यदिशा, संगठन, संघर्ष, राष्ट्रिय स्वाधिनतालगायत विभिन्न खालका अभियान र ती अभियानहरुमा प्रवासीहरुले निर्वाहा गर्नु पर्ने भूमिकाको विषयमा प्रशिक्षित गरेका थिए । त्यस्तै पार्टी सदस्यको महत्वको विषयमा पनि प्रष्ट पारेका थिए । कार्यक्रमको संचालन नगर सचिव लोकबहादुर लिङ्खालीले गरेका थिए ।