काठमाडौं । सीमा अतिक्रमण र एमसीसी विरुद्ध संघर्षरत नेकपा (क्रान्तिकारी माओवादी) लगायत नौ राजनीतिक दल तथा संगठनले सोमबार लगनखेलमा बृहत जनसंवाद कार्यक्रम गर्ने भएका छन् । कार्यक्रममा सर्वसाधारण र नौ दलका शीर्ष नेताहरुबीच एमसीसी र सीमा अतिक्रमणबारे दोहोरो संवाद हुने बताइएको छ ।

हार्दिक शुभकामना !

कार्यक्रममा देशभक्त जनणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, नेकपा (माले)का महासचिव सिपी मैनाली, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किराँती, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुभासराज काफ्ले, राष्ट्रिय जागरण परिषद्का साध्यबहादुर भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम दिउँसो १ बजे लगनखेलस्थित बसपार्कमा हुनेछ ।

यस्तै, सोही विषयमा फागुन ८ गते नयाँ बानेश्वरमा विरोध सभाको आयोजना गरिनेछ । माइतीघर मण्डलाबाट जुलुशसहित बानेश्वर पुगेर विरोध सभा गर्ने तयारी गरिएको देजमोका नेताहरुले बताएका छन् । विरोध सभालाई नौ वटै दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

एमसीसी र सीमा अतिक्रमण विरुद्ध चरणबद्ध संघर्ष गर्दै आएका नौ राजनीतिक दलले गत माघ २४ गते सातवटै प्रदेशमा संयुक्त विरोध सभा गरेका थिए भने शनिबार जिल्लाहरुमा प्रदर्शन समेत गरेका थिए ।

यस्तै, प्रधानमन्त्री र सभामुखलाई भेटेरै एमसीसी संसदबाट पास नगर्न र अतिक्रमित भूमि फिर्ता गराउन उनीहरुले आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर