काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) समेत नौ वाम दलले भारतीय विस्तारवादद्वारा गरिएको सीमा अतिक्रमण र राष्ट्रघाती एमसीसीको विरोधमा देशैभर विरोध प्रदर्शनसहित सभा सम्पन्न गरेका छन् । काठमाडौं, ललितपुर, भक्तपुर लगायत जिल्ला जिल्लामा नौं दलले दोस्रो चरणको घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत शनिबार विरोध सभा सम्पन्न गरेका हुन् । हाम्रा सहकर्मीमार्फत् प्राप्त जिल्लागत समाचार अनुसार निम्न जिल्लाहरुमा यसरी विरोधसभा सम्पन्न गरिए ।


काठमाडौं
धनमाया निरौला
एमसीसी र सीमा अतिक्रमण विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) सहित नौ राजनीतिक दल तथा संगठनले देशको राजधानी शहर काठमाडौंमा विरोध प्रदर्शन गरे ।
काठमाडौंको गौशलामा आयोजित विरोध सभालाई नेकपा (क्रान्तिकारी माओवादी)की केस तथा काठमाडौं जिल्ला इन्चार्ज शारदा महत, नेकपा (मसाल) का जिल्ला प्रवक्ता जगत रेग्मी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर थापा, नेकपा (माले)का स्थायी समिति सदस्य सुरेन्द्र ढकाल, जनसमाजवादी पार्टीका उपमहासचिव डम्बर विक्रम कार्की, राष्ट्रिय जागरण परिषद्का सचिव हेमन्त सेढाई, नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य आलोक रायमाझी, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष बन्धुदेव पाण्डे, नेकपाका बाग्मती प्रदेश सचिव अर्जुन कार्कीले सम्बोधन गरेका थिए ।
राष्ट्रिय जनमोर्चाका नेता छवि खनालले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता नेकपा (माले) का नेता सिद्धिलाल महर्जनले गरेका थिए ।

हार्दिक शुभकामना !

ललितपुर
कुमार भट्टराई
शनिबार ललितपुरमा एमसीसी र सीमा अतिक्रमण विरुद्ध जुलुशसहित विरोध सभा सम्पन्न भएको गरियो । सभालाई नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सचिव श्याम केसी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य घनश्याम न्यौपाने, नेकपा (मसाल)का प्रतिनिधि निलगोविन्द महर्जन, सभालाई नेकपा (माले) का मोहनराज शाक्य, माओवादी केन्द्रका राजन तिमिसिल्ना, नेकपाका महेन्द्र जोशी, जनसमाजवादी पार्टीका असिम लिम्बु, देशभक्त जनगणतान्त्रिक मोर्चाकी ललितपुर अध्यक्ष इन्दिरा अधिकारी लगायतले सम्बोधन गरेका थिए ।
लगनखेलबाट सुरु भएको जुलुशले मंगलबजार परिक्रमा गरी पुनः लगनखेलमै आएर विरोध सभा सम्पन्न गरेको थियो ।

भक्तपुर
सागर श्रेष्ठ
शनिबार भक्तपुरको सुर्यविनायक चोकमा पनि विरोध सभा सम्पन्न भएको छ । सभालाई क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य सोमानसिंह तामाङ, राष्ट्रिय जनमोर्चाका तर्फबाट अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेल, माओवादी केन्द्रका तिलक थापा, मालेका दिनेश खाती, जनसमाजवादीका गोविन्द बहादुर बुढा, देजमोका श्रीकृष्ण सुलु र नेकपाका प्रविन जोशीले सम्बोधन गरेका थिए ।

कास्कीको पोखरा
गोपाल जिसी
एमसीसी र सीमा अतिक्रमण विरुद्ध शनिबार पोखराको सहिद भिमसेन चोक महेन्द्रपुलमा बिरोध सभा सम्पन्न भएको छ ।
कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम तथा ४ नंं प्रदेश सचिव केशबहादुर परियार, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शंकर बराल, देशभक्त जनगतान्त्रिक मोर्चा, नेपालका सल्लाहकार भीम श्रीस, नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी, नेकपा (माओवादी केन्द्र) का भोजराज त्रिपाठी, नेकपा (माले) का टेकनाथ भण्डारीले सम्बोधन गरेका थिए ।
क्रान्तिकारी माओवादीका केस तथा कास्की इन्चार्ज रामजी थापाको अध्यक्षतामा सम्पन्न विरोधसभाको सञ्चालन राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रबि मोहन ढकालले गरेका थिए ।

बाँकेको नेपालगञ्ज
आयुष न्यौपाने
भारतद्वारा गरिएको सीमा अतिक्रमण र अमिरिकी एमसीसी सम्झौताका विरुद्ध शनिवार बाँकेको नेपालगञ्जमा पनि विरोध सभाको आयोजना गरियो । स्थानीय पुष्पलाल चोकमा नौ राजनीतिक दल तथा संगठनहरुको आयोजनामा गरिउको विरोध सभालाई नेकपा (मसाल) निकट अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पाण्डे, नेकपा (क्रान्तिकारी माओवादी) का ५नं. प्रदेश सदस्य विराट शाही, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष सुरेश ओली, राष्ट्रिय जनमोर्चा बाँकेका अध्यक्ष भिमप्रसाद देवकोटा लगायतका वक्ताहरुले सम्बोधन गरे । कार्यक्रमको सञ्चालन जातीय समता समाजका केन्द्रीय सदस्य तथा राजमो बाँकेका सहसचिव मनबहादुर सुनारले गरेका थिए ।

कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा शनिबार एमसीसी र सीमा अतिक्रमण विरुद्ध नौ राजनीतिक दलले संयुक्त रुपमा विरोध प्रदर्शन गरे ।
विरोध कार्यक्रमलाई क्रान्तिकारी माओवादीका जिल्ला सचिव आकाश, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्य, नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरे, देशभक्त जनतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष ज्ञानिराम पूरी, नेकपा (माले)का जिल्ला सदस्य रमेशकुमार श्रेष्ठ, राष्ट्रिय जागरण परिषद् नेपालका सदस्य पदम कार्कीले सम्भोधन गरेका थिए । कार्यक्रम राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष चेत नारायण खनालको अध्यक्षता, अन्टुकका केन्द्रीय सदस्य केरसिंह अदैको सञ्चालन र ओम नारायण चतुर्वेदीको स्वागत मन्तव्यका साथ सम्पन्न भएको थियो ।

दैलेख
जितेन्द्र थापा
एमसीसी तथा सीमा अतिक्रमण विरुद्ध शनिबार दैलेखमा विरोध प्रदर्शन भएको छ । दैलेखस्थित चामुण्डामा विरोध सभा गरिएको हो ।
नौ राजनीतिक दलको आयोजनामा भएको विरोध सभालाई राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर बहादुर नेपाली, कार्यक्रममा नेकपा (मसाल) का प्रतिनिधि पूर्ण बहादुर शाही, राजमो कर्णाली प्रदेशका अध्यक्ष भरत बहादुर शाही, देशभक्त जनगणतान्त्रिक मोर्चाका प्रतिनिधि शिवराज शाही, नेकपा (क्रान्तिकारी माओवादी)का प्रतिनिधि कमला चन्दले सम्बोधन गरेका थिए ।
कार्यक्रमको सञ्चालन अखिल (छैठौं) का जिल्ला अध्यक्ष शिवराज आचार्यले गरेका थिए ।

कञ्चनपुर
धनञ्जय अवस्थी
एमसीसी र सीमा अतिक्रमण विरुद्ध देशब्यापी विरोध सभा अन्तर्गत कञ्चनपुरमा पनि नौ राजनीतिक दल तथा संगठनले विरोध प्रदर्शन गरेका छन् । शनिबार महेन्द्रनगरमा जुलुश प्रदर्शनसहित स्थानीय मदनचोकमा विरोध सभा गरिएको हो ।
सभालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्ट, क्रान्तिकारी माओवादीका केस हरि सुवेदी, देजमोका प्रदेश अध्यक्ष विष्णुराम दमाई, नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मी दत्त बडु लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रमको सञ्चालन क्रान्तिकारी माओवादीका प्रदेश सचिव रामबहादुर महराले गरेका थिए । राष्ट्रिय जनमोर्चा कञ्चनपुरका अध्यक्ष रामबहादुर कार्कीको स्वागत मन्तव्यसँगै सुरु भएको विरोध सभाको अध्यक्षता राजमो जिल्ला सहसचिव लाल बहादुर कुवँरले गरेका थिए ।

कैलाली
शनिबार नौ राजनीतिक दल तथा संगठनले अत्तरियामा विरोध प्रदर्शनसहित सभाको आयोजना गरेका थिए । सभा सुरु हुनु अघि नारा जुलुशसहित अत्तरिया बजार परिक्रमा गरिएको थियो ।
सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्ट, नेकपा (क्रान्तिकारी माओवादी)का केस रामबहादुर केसी, नेकपा (माले) का केन्द्रीय सदस्य परेक रावल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रत्न बिकलगायत नेताहरुले सम्बोधन गरेका थिए । सभा राजमो कैलालीका सचिव जगत प्रसाद जोशीको अध्यक्षता तथा नेकपा (क्रान्तकारी माओवादी) कैलाली सेक्रेटरी रुद्र कडेलको सञ्चालनमा भएको थियो । कार्यक्रममा नेकपा (माले) का बिन्दु महरले स्वागत गरेका थिए ।

दाङ

इश्वरीप्रसाद गैरे
सीमा अतिक्रमण र एमसीसी विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) सहित नौ राजनीतिक दल र संगठनले शनिबार घोराहीमा प्रदर्शन गरेका छन् । नौ दलका नेता तथा कार्यकर्ता एवं सर्वसाधारण उपस्थितमा चर्का नारा लगाउँदै जुलुशले नगर परिक्रमा गरी विरोध सभामा परिणत भएको थियो ।
सभालाई नेकपा (क्रान्तिकारी माओवादी) का केस तथा जिल्ला इन्चार्ज समिर केसी, मसालका जिल्ला प्रवक्ता भरत भण्डारी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, नेकपा (माले) स्थायी कमिटी सदस्य गोबिन्द केके, देजमोका जिल्ला अध्यक्ष नरेन्द्र बन्जाडे लगायत नेताहरुले सम्बोधन गरेका थिए ।
कार्यक्रमको सञ्चालन अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सदस्य राम बहादुर घर्तीले गरेका थिए ।

सुर्खेत
सुर्खेतमा पनि नौ दलले संयुक्त विरोधसभा सम्पन्न गरे । जिल्लाको विरेन्द्रनगरमा गरिएको सभालाई नेकपा (क्रान्तिकारी माओवादी)का कर्णाली प्रदेश सचिव कृष्ण गुरुङ लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर