
तनहूँ । नेकपा क्रान्तिकारी माओवादी प्रदेश ४ ले राष्ट्रिय स्वाधिनताको रक्षार्थ अभियानसँगै २५ औं जनयुद्ध दिवस मनाएको छ ।
तनहूको भानुकोट नगरपालिका ६ चन्द्रावतीमा भएको कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी प्रदेश ४ का इन्चार्ज क. चन्दहरि सुवेदी, सेक्रेटरी क. केशबहादुर परियार, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश ४ का अध्यक्ष नेत्र रानाभाट, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य बाबुराम सुवेदी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले एमसीसी राष्ट्रघाती भएकोले यसलाई खारेज गर्नु पर्नेमा जोड दिनुभयो ।
त्यसैगरी भारतीय पक्षले नेपाली भूमि आफ्नोमा पारेर निकालेको नयाँ नक्सा खारेज र नेपाल सरकारले त्यहाँ रहेका भारतीय सेना हटाउनका लागि पहल गर्न माग गरिएको थियो ।






























