हामी सहिद तथा बेपत्ता योद्धाहरुको सपना पूरा गर्ने दिशामा दृढ छौं : महासचिव किरण

हामी सहिद तथा बेपत्ता योद्धाहरुको सपना पूरा गर्ने दिशामा दृढ छौं : महासचिव किरण

काठमाडौं ।  नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश नं ३ को आयोजनामा स्व.भगवती खवासको श्रद्धाञ्जली सभा पार्टी कार्यालय ललितपुरको कुपण्डोलमा सम्पन्न भयो । उहाँको मृत्यु २०७६ माघ १६ मा ९४ वर्षको उमेरमा भएको थियो । प्रदेश ३ का सेक्रेटरी क.प्रवेशको अध्यक्षतामा सञ्चालित उक्त श्रद्धाञ्जली सभामा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव क.मोहन वैद्य “किरण” प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

श्रद्धाञ्जली मनतब्य दिने क्रममा महासचिव किरणले आप्mनो भूमिगत राजनीतिको दौरानमा दिवङ्गत क.निलबहादुर खवास र उहाँको घरमा अध्ययन गर्नका लागि मन लाग्दा बस्ने गरेको, बैठकहरु उहाँकै घरमा गर्ने गरेको स्मरण गर्दै उहाँ असाध्यै सहयोगी, क्रान्तिकारीहरुलाई उत्प्रेरणा दिने , परिवारलाई पनि क्रान्तिमा लाग्न सहयोग गरेको बताउनु भयो । दिवङ्गत भगवती खवासले आप्mनो पति निलबहादुर खवासलाई राजनीतिक आन्दोलनमा लाग्न सघाएको र छोरा मिलन नेपालीलाई जनयुद्धमा लाग्न रोकतोक गर्नु भएन भन्दै महासचिव क. किरणले मिलन नेपाली आप्mनो स्टाफ भइ काम गरेको समेत स्मरण गर्नु भयो ।

क. मिलन नेपाली महान् जनयुद्धको क्रममा राज्यद्वारा वेपत्ता पारिनु भयो । क्रान्तिकारी योद्धा, वेपत्ता योद्धा र दिवङ्गत भगवती खवासजस्ता क्रान्तिका दृढ समर्थकहरुले देखेको परिवर्तनको सपना पुरा गराउने दिशामा अगि बढ्नु नै साँचो अर्थमा उहाँप्रतिको श्रद्धाञ्जली हुने बताउँदै क. किरणले पार्टीको तर्पmबाट दिवङ्गत खवासप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभयो ।

उक्त शोकसभाको अध्यक्षता क. प्रवेशले गर्नु भएको थियो । दिवङ्गत भगवती खवासकी बुहारी तथा वेपत्ता योद्धा मिलन नेपालीको जीवनसङ्गिनी सविता बस्नेत र छोरीको परिवारजनहरुको सो सभामा उपस्थित थियो । सभामा पाटीृका अन्य नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो । कार्यक्रम पार्टीको काठमाण्डौ जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य क. सरुले सञ्चालन गर्नु भएको थियो ।