पर्वत । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल पर्वतले प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ । देजमो नेपाल पर्वतले प्रजिअ कल्पना घिमिरे नेपालमार्फत प्रधानमन्त्रीलाई एमसीसी लगायत सिमा अक्रिमणका विरुद्धकासाथै नेपालको सक्कली नक्सा जारी गराउने भन्दै ज्ञापन–पत्र बुझाएको हो ।

हार्दिक शुभकामना !

देजमो पर्वतले एमसीसी इन्डो प्यासिफिक रणनीति अन्तर्गत भएको र एमसिसीमा पनि राष्ट्रघात हुन लागेको भन्दै ध्यानाकर्षण गराएको ज्ञापन पत्र बुझाउन गएका महान गुरुङले बताए ।

अमेरिकी परियोजना एमसिसीका कारण राष्ट्रिय स्वाधीनतामा प्रश्न उठेको नेकपा क्रान्तिकारी माओवादीका जिल्ला ईन्चाज तेजेन्द्र पौडेलले बताए । सो अबसरमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले देजमोले बुझाएको ज्ञापन–पत्र प्रधानमन्त्री समक्ष पुर्याउने प्रतिवद्धता व्यक्त गर्दै नेपालको वास्तविक नक्सा राख्नु उचित रहेको बताईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर