ने.स.११४० सिल्लागाः एकादशी
                                                                                                                                                                                                                                (०७६ माघ २७ गते)

हम्रो गौरवशाली मोर्चा, नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाःको “आन्तरिक राष्ट्रियता र बाह्य राष्ट्रियता सुदृढ गर्न आम जन परिचालन ! पहिचानसहित संघीयता र नेवाः राज्य स्थापनाका लागि सशक्त संघर्ष संचालन !! नेवाः भूमि, भाषा, कला, संस्कृति, सम्पदा, रोजगारीमाथि अतिक्रमण विरुद्ध तेस्रो राष्ट्रिय सम्मेलन !!!” भन्ने नारासहित तेस्रो राष्ट्रिय सम्मेलन यही ने.स. ११४० सिल्लाथ्वः त्रयोदशी(माघ २४ गते) असनमा प्रमुख अतिथी नेकपा(क्रान्तिकारी माओवादी)का महासचिवको आतिथ्यतामा सम्पन्न भई बन्द सेसन सिल्लाथ्यः चतुर्दशी(माघ २५ गते) विहानैदेखि मोर्चाको केन्द्रीय कार्यालय कुपण्डोलस्थित बैकुण्ठ–चेत स्मृति साँस्कृतिक हलमा भएर तेस्रो राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । उक्त सम्मेलनपछि बसेको मोर्चाको पहिलो बैठक तथा तेस्रो राष्ट्रिय सम्मेलनका बारे सार्वजनिक जानकारीका लागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।
१) ने.सं. ११४० सिल्लाथ्व त्रयोदशी (माघ २४गतै) शान्तिवाटिकाबाट नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाःको रङ्गिन व्यानर, विभिन्न नेवाः बाजागाजासहितको झाँकी र मोर्चाको असंख्य झण्डासहित सयौं नेवाः जनसमुदायको उपस्थितिमा गगनभदी नारासहितको एक भव्य जुलुस नगर परिक्रमा गरी असनमा पुगेर उद्घाटन कार्यक्रम शुरु भयो ।
२) नेवाः मोर्चाका महासचिव क. शिव श्रेष्ठको संचालन तथा अध्यक्ष क. पवनमान श्रेष्ठको सभापतित्वमा सुरु भएको उद्घाटन कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव क. मोहन वैद्य“किरण”को प्रमुख आतिथ्यता रहेको थियो । नेवाः कलाकारहरुको मंगल धुनबाट शुरु भएको उक्त उद्घाटन कार्यक्रममा सर्वप्रथम महान् सहिद नेवाः मोर्चाका संस्थापक केन्द्रीय सदस्य बैकुण्ठहरि श्रेष्ठ लगायत नेवाःलगायत उत्पीडित आदिवासी जनजाति तथा देश र जनताको मुक्तिका लागि सहादत प्राप्त गर्नुहुने ज्ञातअज्ञात महान् सहिदहरु प्रति १ मिनेट मौन धारण गरी भावपूर्ण श्रद्धान्जली अर्पण गर्ने काम भयो । यसका साथै राज्यद्वारा वेपत्ता बनाइएका वेपत्ता योद्धाहरुको स्मरण र सम्मान गर्ने काम पनि भयो । मोर्चाका केन्द्रीय उपाध्यक्ष क. गोर्की श्रेष्ठले उपस्थित प्रमुख अतिथी लगायत अतिथीहरु, प्रतिनिधि तथा पर्यवेक्षकहरु र उक्त उद्घाटन कार्यक्रममा उपस्थित जनसमुदायलाई शब्दद्वारा हार्दिक स्वागत गर्दै स्वागत मन्तव्य राख्नुभयो । तत् पश्चात प्रमुख अतिथी क. मोहन वैद्य“किरण”बाट तालीका गडगडाहट बीचमा पानसमा वत्ती बाली तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभयो ।
३) उद्घाटन मन्तव्य राख्नु हुँदै प्रमुख अतिथी क. मोहन वैद्य “किरण”ले आज जनयुद्धका क्रममा शहादत भएका शहिदहरुको रगतमा टेकेर सत्तामा पुगेका नेताहरुले बाग्मती, गण्डकी, सुदुर पश्चिमका नाममा प्रदेशहरुको नामाकरण गरी उत्पीडित आदिवासी जनजातिहरुको पहिचान मेटाउने काभ भएको तथ्य औंल्याउनु हुँदै देश आन्तरिक राष्ट्रियता र बाह्य राष्ट्रियता गंभीर संकटमा परेको कुरा उल्लेख गर्नुभयो । वहाँले कालापानी–लिपुलेक–लिम्पियाधुरालाई भारतीय विस्तारवादले कब्जामात्र गरेको होइन, आफ्नो नक्शाभित्रसमेत गाभिसकेको र सरकार रमिते भई बसेको कुरा औंल्याउनु हुँदै फेरि ःऋऋ जस्तो राष्ट्रघाती सम्झौतालाई सदनबाट अनुमोदन गराई देशलाई अमेरिकी साम्राज्यवादको क्रिडास्थल र रणभूमि बनाउनतिर लागेको बताउनुभयो । वहाँले सबै आदिवासी जनजाति र देशभक्त नेपालीहरुसँग मिलेर पहिचान र राष्ट्रिय स्वाधीनताका लागि पहिचान विरोधी र राष्ट्रघाती सरकारका विरुद्ध आफ्नो पार्टी सशक्त आन्दोलनमा लाग्ने बताउनु हुँदै नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाःको तेस्रो राष्ट्रिय सम्मेलनले नेवाः पहिचान स्थापित गर्न सक्ने तथा देश र जनताको मुक्तिका लागि अगाडि बढ्ने शसक्त र जुझारु नेतृत्व चयन गर्न तथा सोही अनुसारको नीति र योजना तय गर्न सफलाताको कामना गर्नु हुँदै सम्मेलनको भव्यताका साथ सफलताका लागि हार्दिक शुभकामना दिनुभयो । त्यसै गरी नेवाः नेतृत्व डा. महेशमान श्रेष्ठ, नेवाः दे दबूका महासचिव माइलाबाबु द्योला, डा. ओम गुरुङ्ग, अम्बिका मुडभरी र फुर्नामगेल मोक्तानले सम्मेलन भव्य रुपमा सफलहोस् भनेर शुभकामना मन्तव्य राख्नुभयो । सम्मेलनमा अन्य जबस र मोर्चाका नेतृत्वगणको पनि भव्य उपस्थिति रहेको थियो । सम्मेलनमा सामना परिवारद्वार नेवाः गीत र नाच प्रस्तुत गरी सम्मेलनको आकर्षण बढाउने काम भएको थियो ।
४) नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाःको संरक्षक तथा वामपंथी बुद्धिजीवी प्राध्यापक माणिकलाल श्रेष्ठलाई राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथीबाट अभिनन्दन गरी सम्मान गर्ने कार्यक्रम रहेको थियो । तर उहाँको अस्वस्थताले कार्यक्रममा उपस्थिति हुन नसक्ने भएपछि मोर्चाका अध्यक्षले अभिनन्दन पत्र मंचबाटै पढेर सुनाउनु भयो । यस बीचमा सम्मेलनकै दौरानमा वहाँलाई घरमै गएर अभिनन्दन तथा सम्मान गर्ने काम भयो ।
५) सम्मेलनको उद्घान सत्रको अन्तमा कार्यक्रमका सभापति तथा नेवाः मोर्चाका अध्यक्ष क. पवनमान श्रेष्ठले नेवाः जातिमाथि ब्रम्हाणवादी सत्ताबाट भइरहेको उत्पीडनबाट मुक्त पार्न नेवाः मोर्चाको यस सम्मेलनले सहि नीति, योजना र विचारसहित नेतृत्व र संगठन अविचल रुपमा अगाडि बढि रहने कुरा राख्नु हुँदै प्रमुख अतिथीलगायत सम्पूर्ण अतिथी र कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरी सम्मेलन उद्घाटन कार्यक्रम समापन भएको घोषणा गर्नुभयो ।
६) सिल्लाथ्वः चतुर्दशी (माघ २५ गते) नेवाः मोर्चाको केन्द्रीय कार्यायल कुपण्डोलस्थित बैकुण्ठ–चेत स्मृति साँस्कृतिक हलमा बिहानैदेखि शुरु भयो । हलले क. सुर्य बहादुर नकर्मी, क. सुरेश श्रेष्ठ, क. मनोज श्रेष्ठ, क. गंगा मानान्धर र क. भाजुरत्न शाक्यसहित ५ जनाको अध्यक्ष मण्डल निर्वाचित ग¥यो । अध्यक्ष मण्डलले क. सुर्य बहादुरलाई अध्यक्ष मण्डलको अध्यक्षको रुपमा निर्वाचित ग¥यो । बन्द सत्र अध्यक्ष मण्डलका सदस्यहरुले पालैपालो संचालन गर्नुभयो ।
७) नेवाः मोर्चाका अध्यक्षले राजनैतिक प्रतिवेदन र अर्को “नेवाः जातिको विकास र आजको स्थिति” शीर्षकको पूरक प्रतिवेदन पेश गर्नुभयो भने महासचिव क. शिव श्रेष्ठले विधान पेस गर्नुभयो । उक्त प्रतिवेदन र विधानहरु सम्मेलन पूर्व अध्ययनको लागि वितरण गरिसकेको हुँदा विधान प्रतिवेदन प्रस्तुतिपछि सामान्य छलफल भई प्रतिनिधि कमरेडहरुले विधान प्रतिवेदनमाथि सल्लाह सुझाव र प्रतिक्रिया दिने काम भयो ।
८) प्रतिवेदन प्रस्तोता क. पवनमान श्रेष्ठ र विधान प्रस्तोता क. शिव श्रेष्ठले क्रमश प्रतिवेदन र विधानमाथि उठेका विषय र सुझावमाथि उत्तर दिनुभयो । उपयुक्त सुझावहरु समावेश गरी परिमार्जित विधान प्रतिवेदन तालीको गडगडाहटसहित एक मतले पारित भयो ।
९) पूरक प्रतिवेदनमा काठमाडौं उपत्यका तालको बारे, उपत्यकामा मानव जातिको प्रवेशवारे, नेवाः जातिको निर्माण, नेवाः सभ्यताको विकास र नेवाः जातिमाथि वर्तमान अवस्थामा भएको उत्पीडनका बारे उल्लेख गरिएको छ । राजनैतिक प्रतिवेदनमा सहिदहरुप्रति श्रद्धान्जली, वर्तमान परिस्थिति, आदिवासी जनजातिको स्थिति, नेवाः जातिको स्थिति, नेवाः जातिको समस्या, नेवाः जातिको मुक्तिको कार्यादिशा, नेवाः जातिको तत्कालका मुद्दाहरु, दिर्धकालीन मुद्दाहरु, नीति तथा कार्यक्रम, आगामी योजना र नाराहरु रहेका छन् ।
१०) विधान प्रतिवेदन पारित भइसकेपछि नेवाः मोर्चाका अध्यक्षले विगतको केन्द्रीय समितिलाई विघटन गरी ३१ जनाको केन्द्रीय समिति बनाउने गरी संख्या हलमा पेस गर्नुभयो । उक्त संख्या सर्वसम्मतले पारित भएपछि ६ जनापछि थप्ने गरी २५ जनाको प्यानल पेस गर्नुभयो । उक्त प्यानल तालीका गडगडाहट बीचमा एक मतले पारित भयो । पारित प्यानलका सबै कमरेडहरुको उपस्थितिमा निर्वाचित जेष्ठ सदस्य क. मानध्वज श्रेष्ठको अध्यक्षतामा पहिलो केन्द्रीय समितिको संक्षिप्त बैठकले पदाधिकारीको चयन गर्ने काम भयो, जस अनुसार अध्यक्ष पवनमान श्रेष्ठ, उपाध्यक्षहरु सुरेश श्रेष्ठ, मानध्वज श्रेष्ठ, गोर्की श्रेष्ठ, महासचिव शिव श्रेष्ठ, सचिवहरु श्रीकृष्ण सुलु, जगदिश्वर महर्जन, कोषाध्यक्ष सपना राजथला र सदस्यहरुमा अमीर ताम्राकार, सचिर महर्जन, मनोज श्रेष्ठ, रत्न महर्जन, गोपालदास श्रेष्ठ, बोजराज श्रेष्ठ, ज्ञानेन्द्र प्रजापति, गंगा मानान्धर, नरेन्द्रमान श्रेष्ठ, भाजुरत्न शाक्य, निरन तुलाधर, कृष्णप्रसाद घेमोसु, राम कोजु, तिलक श्रेष्ठ, राजकुमार देउला, चुडामणी श्रेष्ठ र अर्पना श्रेष्ठ हुनुहुन्छ ।
¬११) नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाःको नवनिर्वाचित केन्द्रीय समितिको तर्फबाट अध्यक्ष क. पवनमान श्रेष्ठले प्रतिबद्धता मन्तव्य राख्ने क्रममा नेवाः जातिमाथि भइरहेको उत्पीडनका विरुद्ध र नेवाः राज्य स्थापनाका लागि जस्तोसुकै अप्थ्यारो परिस्थितिमा पनि निरन्तर रुपमा संघर्षकै बीचबाट नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाःलाई अगाडि बढाउने काममा केन्द्रीय समिति लाग्ने प्रतिबद्धता जनाउनु भयो । नवनिर्वाचित केन्द्रीय समितिलाई अतिथीहरु क. नगेन्द्र राई र क. हुकुमबहादुर सिंहले कार्यकालको सफलताको कामनासहित बढाइ मन्तव्य राख्नुभयो ।
१२) अध्यक्ष मण्डलका अध्यक्ष क. सुर्य बहादुर नकर्मीले निर्वाचित केन्द्रीय समितिलाई बढाइ दिनु हुँदै यसले नेवाः जातिमाथि भइरहेको उत्पीडनको अन्त्यका लागि सबै नेवाःहरुलाई एक जुट गर्न सकोस् भन्नु हुँदै नेवाः मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलन भव्यतापूर्वक सफल भएको घोषणा गर्दै बन्द सत्र समापन गर्नु भयो । बन्द सत्र समापन लगत्तै बन्द सत्रमा उपस्थित सबै कमरेडहरुले गगनभदी नाराहरु लगाइ हल गुन्जायमान बनाउने काम भयो ।
१३) नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाःको तेस्रो राष्ट्रिय सम्मेलन पछि अध्यक्ष क. पवनमान श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले सचिवालयको गठन, संगठन निर्माण, संघर्ष तथा अभियान संचालन गर्ने निर्णय गरिएको छ । सल्लाकार समितिको सचिवमा क. निवासचन्द्रलाई बनाउने निर्णय गरिएको छ ।

हार्दिक शुभकामना !

शिव श्रेष्ठ                                                                                                                                                                                                                                            पवनमान श्रेष्ठ
महासचिव                                                                                                                                                                                                                                              अध्यक्ष

प्रतिक्रिया

सम्बन्धित खवर