आगामी संघर्षलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय गर्दै आन्दोलनरत नौ दलको बैठक सम्पन्न

बैठकले माघ २४ गते आयोजित संयुक्त विरोध कार्यक्रम सानदार रुपमा सफल भएको समीक्षा गरेको छ ।

प्रकाशित मिति : २०७६ माघ २६

- मुलबाटो सम्वाददाता

काठमाडौं । यही माघ २४ गते देशका ७ प्रदेशमा आयोजित लिम्पियाधुरा–कालापानी–लिपुलेकमा भएको भारतीय अतिक्रमण र कब्जाको विरोध र एमसीसी सम्झौताको खारेजीको विषयलाई लिएर सम्पन्न विरोध कार्यक्रमपश्चात आन्दोलनरत नौ राजनीतिक दलहरुको बैठक देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलको अध्यक्षतामा बस्यो । जसमा निम्न अनुसारको सहभागिता रहेको छ ः– (१) नेकपा मसाल– क.मोहनविक्रम सिंह, (२) नेकपा (क्रान्तिकारी माओवादी) क. मोहन वैद्य किरण, (३) नेकपा (माले) क. सीपी मैनाली, (४) नेकपा क. ऋषि कट्टेल, (५) देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल क. सीपी गजुरेल, (६) राष्ट्रिय जनमोर्चा नेपाल क. चित्रबहादुर केसी, (७) नेकपा (माओवादी केन्द्र) क. गोपाल किराँती (८) जनसमाजवादी पार्टी क.सुवास काफ्ले र (९) राष्ट्रिय जागरण परिषद नेपाल साध्य बहादुर भण्डारी ।
बैठकले आगामी संघर्षलाई प्रभाव्कारी ढंगले अघि बढाउन यस प्रकार निर्णयहरु गरेको छः–
(१) बैठकले माघ २४ गते आयोजित संयुक्त विरोध कार्यक्रम सानदार रुपमा सफल भएको समीक्षा गरेको छ ।
(२) एमसीसीको खारेजी र लिम्पियाधुरा–कालापानी–लिपुलेकलगायत भारतीय अतिक्रमणको विरोधमा लागेका अभियन्ताहरुसँग सहकार्य गर्नुको साथै विरोध प्रदर्शनमा संलग्न नेपाल मजदुर किसान पार्टी र नेकपा (संयुक्त)सँग छलफल गरी कार्यगत एकता र संयुक्त कार्यक्रम आदि बढाउन प्रयत्न गर्ने निर्णय गरेको छ ।
(३) आगामी संघर्षका कार्यक्रम निम्नअनुसार तय गरिएको छ ः
माघ २८ र २९– प्रधानमन्त्री तथा सभामुखलाई विरोधपत्र बुझाउने ।
फागु्न ३ गते सबै जिल्लामा संयु्रक्त रुपमा विरोध प्रदर्शन र सभाहरु गर्ने
फागुन ५ गते लगनखेलमा वृहत जनसम्वाद कार्यक्रम गर्ने
फागुन ८ गते माइतीघर मण्डलाबाट ब्यानर प्लेकार्डसहित जुलुस प्रदर्शन गर्दै सभा गर्ने ।