जनयुद्धको रगतमा टेकेर सरकारमा गएकाहरुले धोका दिए : महासचिव किरण

जनयुद्धको रगतमा टेकेर सरकारमा गएकाहरुले धोका दिए : महासचिव किरण

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले जनयुद्धको रगतमा टेकेर सरकारमा गएकाहरुले सरकारमा गएपछि सर्वहारा वर्ग, आदिवासी जनजाति, उत्पीडित, दलित लगायतका सबै समुदायलाई धोका दिएको बताउनुभएको छ ।
शुक्रबारदेखि काठमाडौंमा शुरु भएको नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोद्धन गर्दै महासचिव किरणले यस्तो बताउनुभएको हो ।
देश संघीयतामा गएपनि संघीयताको नाममा पुरानै संरचना बनाए जस्तै वाग्मती, गण्डकी जस्ता नामाकरण गर्नु जातीय पहिचानको हिसावले गलत भएको बताउनुभयो ।


उहाँले प्रदेशको नाममा वाग्मती, गण्डकी जस्ता राखिनु प्रति नेकपा क्रान्तिकारी माओवादीको असहमति रहेकोमा जोड दिंदै महासचिव किरणले आफ्नो पार्टी उप्तीडित, आदिवासी जनजाति, दलित लगायत सबैको पक्षमा लडिरहेको बताउनुभयो ।
त्यसैगरी महासचिव किरणले नेवार समुदायले नेपालको सम्भवताको विकासमा साहित्य कला संस्कृतिको विकासमा अन्त्यतै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्मरण गर्दै अहिले नेवार समुदाय आफ्नै थलोमा विस्थापित हुने खतरा बढिरहेको र यो निक्कै दुःखद भएको बताउनुभयो । यसलाई गम्भीर ढंगले सोच्नु पर्ने बेला आएकोमा उहाँको जोड थियो ।
कार्यक्रममा नेवाः राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय पवनमान श्रेष्ठको अध्यक्षतामा भएको हो ।
अहिले कुपण्डोलमा बन्द शत्र चलिरहेको छ । राष्ट्रिय सम्मेलन आइतबारसम्म चल्ने छ ।