इटहरीमा नाै दलकाे विराेधसभा भव्य रुपमा सम्पन्न

इटहरीमा नाै दलकाे विराेधसभा भव्य रुपमा सम्पन्न

इटहरी । ‘लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितकाे भूमि फिर्ता गर, नेपाल सरकार र एमसीसी बीचकाे राष्ट्रघाती सम्झाैता खारेज गर ‘ भन्ने मूल नारासहित आयाेजित नाै दलीय विराेधसभा १ नं परदेशकाे इटहरीमा भव्यरुपमा सम्पन्न भयाे । इटहरीको बसपार्कबाट सुरु भएकाे नाै दलीय विराेध जुलुस बजार परिक्रमा गरि सभामा परिणत भएकाे थियाे ।
सभालाई नेकपा (क्रान्तिकारी माओवादी)का पाेलिटव्युराे सदस्य तथा प्रदेश इन्चार्ज मिनकुमार राउत, नेकपा (माके)का उपाध्यक्ष तिलक थापा मगर,  नेकपा (मसाल)का चन्द्रबहादुर केसी, नेकपा मालेका खगेन्द्र प्रसाई, नेकपाका प्रदेशका उपाध्यक्ष सतिलाल चाैधरी, जनसमाजवादी पार्टी  नेपालका केस मनकुकार राई, देजकाे केन्द्रीय सचिवालय सदस्य गणेश कटुवाल, राजमाे १ नं प्रदेश उपाध्यक्ष विशाल पाठकलगायतका नेताहरुले सम्बाेधन गरेका थिए ।
क्रान्तिकारी माओवादीका प्रदेश सचिव रत्न गुरागाईकाे सञ्चालन र नेकपा (माके)का नेता विमल निराैलाकाे सभापतित्वमा सम्पन्न विराेध सभालाई सम्बाेधन गर्दै नेताहरुले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादी हस्तक्षेपकाे चर्काे विराेध गरेका थिए