अखिल (क्रान्तिकारी) दैलेखको भेला सम्पन्न, अध्यक्षमा अमर रसाइली निर्वाचित

प्रकाशित मिति : २०७६ माघ ३

दैलेख । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) दैलेख जिल्लाको भेला सम्पन्न भएको छ । संगठनका केन्द्रीय महासचिव पेशल दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले अमर रसाइलीको नेतृत्वमा ९ सदस्यीय जिल्ला कमिटि निर्माण गरेको छ ।
क्रान्तिकारी माओवादी दैलेखका सेक्रेटरी विरेन्द्र सिंहको विशेष आतिथ्यतामा सम्पन्न भएको भेलामा संगठनका केन्द्रीय सदस्य नेत्रबहादुर शाही, अनेमसंघ (क्रान्तिकारी)की केस कमला चन्द लागायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।


२९ पौषमा सम्पन्न भेलाको अध्यक्षता अमर रसाइलीले गरेका थिए भने सञ्चालन हिमाल रसाइलीले गरेका थिए । संगठनले शिक्षा क्षेत्रमा भएको निजीकरण, व्यापारीकरण र माफियाकरणका विरुद्ध आन्दोलनलाई सशक्त बनाउने निर्णय समेत गरेको बुझिएको छ ।