झर्रोटर्रो : संविधान उर्फ सचिवालय

प्रकाशित मिति : २०७६ पुस २९

- कैलुब्राह


अब उप्रान्त नेपाल मण्डलको संविधानको अर्को नाऊँ सचिवालय रहेको छ । सचिवालय अर्थात् डबल नेकपाको माथिल्लो सर्वोच्च कमिटी । अब नेपाल मण्डलका रैथाने मनुखेहर्ले संविधान भनेको सचिवालय कमिटीलाई बुभ्mनु पर्ने छ । सचिवालयले तोकेको अधिकार बाहेक अरू अधिकार खोज्ने मनुखेले भ्mयालखानाको चिसो भुँइँमा डङ्ग्रङ्ग परेर आफ्नो जिन्दगानी भुगत्नु पर्ने छ । किनकि संविधान उर्फ सचिवालयले त्यही आदेश गरेको छ । संविधानमा जेसुकै लेखिएको भएता पनि, मनुखेका लागि जस्तोसुकै कानून बनेता पनि ती सबै अमानय हुने छन् । अन्तिम निर्ने डबल नेकपाको सचिवालयले गरेको नै सदर हुने छ ।

सचिवालयमा नौ वटा धारा छन् । ती नौ वटा धारामा पनि सबै भन्दा शक्तिशाली र सर्वमान्य धारा एक र दुई नम्बर धारा हुन् । त्यसपछि तेस्रो धारा महत्वपूर्ण र शक्तिशाली रहेको छ । पहिलो धाराले एक नम्बरी अध्यक्षलाई बुझाउँछ भने दुई नम्बर धाराले दुई नम्बरी अध्यक्षलाई जनाउँछ । तेस्रो धारा भनेको प्युठानी गोब्रे धारा हो । यसलाई चुनाउ हरूवा धारा पनि भनिन्छ । यो अझ शक्तिशाली भएर उदाएको छ । यतिवेला यो धारा सक्रिय भएर डिस्कोर्षमा आएको छ । हरूवा गोरुको छेरुवा दाऊ भन्ने नेपाली उखानअन्सार यो धाराले आफ्नो शक्ति प्रदर्शन गर्ने स्थानका लागि पूरै संविधान बदल्नु पर्ने अवस्था सिर्जना गरेको छ ।

नेपाल मण्डलमा संविधानसभाको गुँडबाट जन्मिएको संविधान त कागजको खोस्टो मात्रै हो । त्यो देखाउनका लागि तयार गरिएको हो । ६०१ थान मान्ने मनुखेहर्ले ल्याप्चे लगाएका भएता पनि वास्तवमा उक्त संविधान पनि ओदाने दल (तीन प्रमुख दल भएकाले ओदाने भनिएको)का तीनहल नेता (प्रचन्न–बाबुराम, सुशीलदा–देउपा, केपी–माकुने)ले लेखेर बाँकी मान्नेहर्ले फट्के किनारामा बसेर ल्यप्चे ठोकेका मात्रै थिए । त्यसैले पनि यो संविधानको व्यख्या गर्ने, लागू गर्ने गराउने, संसोधन गर्ने, थपघट गर्ने आदि इत्यादि जे गर्न पनि डबल नेकपाको एक नम्बर र दुई नम्बर धारालाई पूर्ण अधिकार भएकाले उनिहर्काे निर्ने नै अन्तिम र सत्य हुने भएको हो । जस्को प्रयोग हालको सरखार गठन भएदेखि भइआएको छ ।

संविधानमा परदेशको नाउँ राख्ने र राजधानी तोक्ने अधिकार त्यही परदेशका मान्नेहर्लाई दिएको छ । तर त्यो अधिकार सचिवालयले खोसेर आफैमा राख्यो । भरखरै मात्र तीन नम्बर परदेशको नाउँ र राजधानी त्यही सचिवालयले तोकेर परदेशका मान्नेहर्लाई लागू गर्न निर्देशन दियो । मान्नेहलाई सचिवालयका एक नम्बर र दुई नम्बर धाराले कडा फतवा जारी गरेर खुरुक्क लागू गर्न अह«ाए । मान्नेहर्ले पनि जो आज्ञा महाराज भन्दै बाचा गरेर आए । त्यसै अन्सार लागू गर्ने चाँजोपाँजोमा लागेका छन् । अब यसैगरी यस्तै निर्देशन पाँच नम्बर र एक नम्बर परदेशलाई दिने तयारी सचिवालयले गरेको छ । यस विषयमा सचिवालयमा नपरेर असन्तुष्ट बनेका एक जना थाइलाई यो कैलुले ‘तपाइँहर्को संविधान भन्दा सचिवालय र त्यसको पनि एक नम्बरी र दुई नम्बरी धारा किन यति शक्तिशाली भएको ? अब मान्नेहर्को के काम त ?’ भनेर सोधेको उनले भने– ‘मान्नेहर्ले त तलब भत्ता खाएर आफ्नो दिन गुजरा गर्ने मात्रै हो । मान्ने भनेपनि मन्तरी भनेपनि, संविधान भनेपनि, देश परदेश जे भनेपनि सचिवालय र त्यसको एक नम्बर र दुई नम्बरी धारा नै हुन् । एक र दुई नम्बरी धारा भन्दा ठूलो र शक्तिशाली यो नेपाल मण्डलमा अरू केही पनि छैन ।’ त्यसो भए संविधान लेखेर, मान्नेहर्को चुनाउ गराएर देश परदेशको सरखार संसद किन बना’को त भनेर यो कैलुले सोध्दा तिनले भने– ‘लोकसेवाबाट जागिर नपाएका बेरोजगारहर्लाई जागिरको व्यवस्था गर्न पो परदेश बनाएको हो । चुनाउ गरा’को हो । धेरै नेताहर्लाई मान्ने मन्तरीको भाग पु¥याउन कति सजिलो भा’छ ।’ यति भनेपछि जुङा चल्यो कुरो बुभ्mयो ।

हुन पनि हो । यो सचिवलय जति शक्तिशाली यो दुनियाँमा अर्थोक केही पनि छैन । सचिवालयबाट भर्खरै निर्वाचित तीन नम्बर धाराले देशै हल्ला’को छ । तीन नम्बर धारालाई पर्धानमन्तरी बनाउन संविधानै बदल्नु पर्ने अरे । उता संसदमा सभाको मुख कस्लाई बनाउने भन्ने विषयमा यही सचिवालयका एक र दुई नम्बरी धारा बाझिनाले संसद नै एक मैनादेखि बन्धक बनेको छ । यो एक र दुई नम्बरी धारा सार्वभौम शक्ति सम्पन्न धारा हो । त्यसैले अब सबै नेपाली मनुखेले संविधान भनेको सचिवालय हो भन्नु पर्ने भएको छ । जय होस् सचिवालयको ।
२६ पुस २०७६