राष्ट्रिय स्वाधीनताको आन्दोलनको खाका कोर्दै क्रान्तिकारी माओवादी १ नं. प्रदेश, प्रशिक्षण तथा बैठक सुरु

राष्ट्रिय स्वाधीनताको आन्दोलनको खाका कोर्दै क्रान्तिकारी माओवादी १ नं. प्रदेश, प्रशिक्षण तथा बैठक सुरु

बिराटनगर । नेकपा (क्रान्तिकारी माओवादी) १ नं. प्रदेशको प्रशिक्षण तथा बैठक सुरु भएको छ । पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता हरिभक्त कँडेलको प्रमुख आतिथ्यतामा झापाको दमकमा प्रशिक्षण तथा बैठक सुरु भएको हो ।


पार्टीका पोलिटब्यूरो सदस्य तथा १नं. प्रदेशका इन्चार्ज मिनकुमारको अध्यक्षतामा सुरु भएको बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा विभिन्न जिल्लामा कार्यरत प्रदेश सदस्यहरुको सहभागिता रहेको छ ।

बैठकमा हालै पार्टीको केन्द्रीय समितिको बैठकले बनाएका राष्ट्रिय स्वाधीनताको आन्दोलनसम्बन्धी योजनाहरुलाई प्रदेशमा कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको छ । बैठकले माघ १५ बाट झापाको काँकडभिट्टाबाट सुरु हुने अभियानलाई प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित गरिएको बैठकमा सहभागी एक सदस्यले बताए । बैठक आइतबारै सम्पन्न हुने बताइएको छ ।