कालिकोट । नेकपा (क्रान्तिकारी माओवादी) कालिकोटको प्रथम जिल्ला भेला सम्पन्न गरिएको छ । पुस २६, २०७६ मा सम्पन्न भएको क्रान्तिकारी माओवादी कालिकोटको भेलाले कर्णबहादुर बिसीलाई सेक्रेटरीमा चयन गरेको हो । भेलामा क्रान्तिकारी माओवादीका कर्णाली प्रदेश इन्चार्ज सीपी शर्मा, सेक्रेटरी कृष्ण गुरुङ, अखिल (क्रान्तिकारी)का महासचिव पेशल दाहाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

हार्दिक शुभकामना !


यसैबीच, शनिबारै एक कार्यक्रममा बीच क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) कालिकोट जिल्लाको पनि जिल्ला कमिटि निर्माण गरिएको छ । संगठनका महासचिव दाहालको विशेष उपस्थितिमा लक्ष्मण विकको संयोजकत्वमा ११ सदस्यीय जिल्ला कमिटि निर्माण गरिएको हो । संगठनको सह संयोजकमा राजन कुमाल रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर