कञ्चनपुर । क्रान्तिकारी पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिले आयोजना गरेको राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पत्रकारको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार कञ्चनपुर जिल्लाको जिल्ला समन्वय समितिको सभा हलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रमका सम्पुर्ण वक्ताहरुले राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पत्रकारकोहरुले एक हुनुपर्ने सुझाव दिएका छन् । अधिकांश वक्ताहरुले स्वाधीनताको लागि आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख अतिथि क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष रवि पाण्डले अहिले पत्रकारहरू पत्रकार नभएर प्रशंसाकारितातिर गएको महसुस भएकाले अबको पत्रकारको मिसन राष्ट्रिय स्वाधीनताको बिषयमा सबैले कलम चलाउनु पर्ने अवस्था रहेको बताउनुभयो ।
बिशिष्ट अतिथि नेकपा (क्रान्तिकारी माओवादी) सुदुरपश्चिम प्रदेश इन्चार्ज अनुकूलले सबै नेपालीहरु राष्ट्रिय स्वाधीनताको आन्दोलनमा एक हुनुपर्ने सुझाव दिनुका सबै अब नेपालमा एक पटक राष्ट्रिय स्वाधीनताको भिषण आन्दोलन र संघर्ष गर्नुपर्ने जरुरी रहेको र देशमा उद्योग कलाकार खाना स्थापना गर्दै उत्पादनमा जोड दिए मात्रै राष्ट्रीय स्वाधीनता बचाउन सकिने बताउनुभयो।
क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरि सुबेदीले राष्ट्रियताको बिषय सरकारसंग जोडिएकोले यस्मा पत्रकारहरुकाे भुमिका महत्वपुर्ण रहेको बताए ।
नेपाली कांग्रेस प्रतिनिधि तथा बुद्धिजीवी लेखक खेम राज ऐरीले सरकारले परराष्ट्र नीति स्पष्ट ल्याउनु पर्ने भन्दै सबै राजनैतिक दलहरु राष्ट्रिय स्वाधीनताको आन्दोलनमा एक हुनुपर्ने बताउनुभयो ।
मानवअधिकारकर्मि प्रभु निधि पन्तले खासगरी उत्पादनमुखी र आत्मनिर्भरता हुनुपर्नेमा जोड दिनुभयो, आत्मनिर्भर हुन सकेमा स्वाधीनता रहने उनले बताए ।
ग्रेटर नेपालका कञ्चनपुर जिल्ला संयोजक गजेन्द्र पाण्डेले खुला सिमा हुँदा पनि स्वाधीनता कमजोर रहेको बताउनुभयो । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष बिष्णु राम दमाईले तत्काल देखिएको समस्या सिमा विवाद कुटनीति रुपमा पहल गरि समााधान गर्नुपर्ने बताउनुभयो ।
क्रान्तिकारी माओवादी सुदुरपश्चिम प्रदेश सेक्रेटरी राम बहादुर महरा चिन्तकले पत्रकारहरूले जनतालाई सहि सुचना सम्प्रेषण गर्नुपर्ने बताउनु भयाे।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिवालय सदस्य पर्मानन्द नाथले पत्रकारहरु सबै स्वतन्त्र हुनुपर्ने जरुरी रहेको बताए साथै नेपालको विदेश निति एक हुनुपर्ने कुरामा जोड दिनुभयो । नेपाली भाषामा पनि राष्ट्रियतामाथि प्रहार भईरहेको हुँदा यस बिषयमा बहस हुनुपर्ने बताउनुभयो ।
अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन प्रतिनिधि धनसिंह महराले स्वाधअंन र स्वाभिमान परर्निभरताले गर्दा पनि समस्या आएको बाताउनु भयाे ।
क्रान्तिकारी पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिका संयोजक धनन्जय अवस्थीको अध्यक्षता भएको कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष रवि पाण्डे, क्रान्तिकारी माओवादी पोलिटब्युरो सदस्य तथा सुदुरपश्चिम प्रदेश संयोजक अनुकूल, क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य हरि सुवेदी , देशभक्तजनगणतान्त्रिक मोर्चा नेपाल सुदुरपश्चिम अध्यक्ष बिष्णु राम दमाई, क्रान्तिकारी माओवादी सुदुरपश्चिम प्रदेश सेक्रेटरी राम बहादुर महरा, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य दामाेदर खनाल, नेपाली कांग्रेस प्रतिनिधि तथा बुद्धिजीवी लेखक खेम राज ऐरी , ग्रेटर नेपालका कञ्चनपुर जिल्ला संयोजक गजेन्द्र पाण्डे , मानवाधिकारवादी प्रभु निधि पन्त , एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिवालय सदस्य पर्मानन्द नाथ , अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन प्रतिनिधि धन शिह महरा , नेपाल पत्रकार महासंघ कञ्चनपुर सह सचिव मोहन बिष्ट लगायत अतिथिकाे रुपमा उपस्थित रहेका थिए ।