नेवा: राष्ट्रिय मुक्ति मोर्चाको पाँचौं काठमाडौं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा रत्न महर्जन निर्वाचित

नेवा: राष्ट्रिय मुक्ति मोर्चाको पाँचौं काठमाडौं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा रत्न महर्जन निर्वाचित


काठमाण्डाैं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध  नेवा: राष्ट्रिय मुक्ति मोर्चा, नेपाल काठमाडौंको जिल्लाकाे सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले रत्न मर्हजनलाई जिल्ला अध्यक्षमा निर्वाचित गरेकाे छ । माेर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठकाे प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले उपाध्यक्षमा बोजराज श्रेष्ठ र गोपालदास श्रेष्ठ,  सचिवमा ज्ञानेन्द्र प्रजापती, कोषाध्यक्षमा गंगा मानन्धरलाई निर्वाचित गरेकाे छ । त्यसैगरी सदस्यहरुमा किरण श्रेष्ठ, न्हुच्छे बहादुर मानन्धर, श्रीराम श्रेष्ठ, सागर श्रेष्ठ, आशाकाजी महर्जन, कृष्ण बहादुर श्रेष्ठ, संजय शाही, खड्ग कुमार श्रेष्ठ, सुरेश श्रेष्ठ, विश्व नगरकोटी, रण बहादुर श्रेष्ठ, लक्ष्मी मास्के, बुलाल दंगोल र विराज तण्डुकार रहेका छन् । दुईजना सदस्यहरु पछि थप्ने सम्मेलनले निर्णय गरेको छ । 
रत्न महर्जनकाे अध्यक्षता र बाेजराज श्रेष्ठकाे सञ्चालनमा सम्पन्न भएको उक्त सम्मेलनमा नेकपा (क्रान्तिकारी माअाेवादी)कि केस तथा काठमाडाैं जिल्ला इन्चार्ज सारादा महत, सचिव खगेन्द्र छन्त्याल, नेताहरु गोर्की श्रेष्ठ, बन्दुदेव पाण्डे, रवि तामाङ्ग, कपिल पुन, सुरेश तामाङ्ग लगायतको उपस्थिति रहेको थियो ।
ज्ञानेन्द्र प्रजापतिको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा महान शहीदहरुको सम्मानमा एक मिनेट मौनधारण समेत गरिएकाे थियो । विभिन्न वक्ताहरु लगायत प्रमुख अतिथि पवनमान श्रेष्ठले डबल नेकपाले सचिवालय वैठकबाट ३ नं. प्रदेशको नाम बागमती प्रदेश राख्न सिफरिस गरेकोमा त्यसको घोर भत्सना समेत गरे । उत्पीडित जातीय पहिचानकाे अाधारमा ३ नंं प्रदेशकाे नामाकरण गरिनुपर्ने माेर्चाकाे अडान दाेहाेर्याए । अध्यक्ष  श्रेष्ठले भने, ‘आफ्नै आदि थलाेमा नेवा: हरुकाे पहिचान गम्भीर संकटमा परेकाे भन्दै जातिय अधिकारका लागि सबै उत्पीडित नेवा: समुदाय एकजुट भएर अान्दाेलित हुनुपर्ने बेला अाएकाे छ ।’
कार्यक्रमको समापनमा इन्चार्ज सारदा महतले नयाँ कार्यसमितिलाई बधाई दिँदै सर्वहारावर्गीय क्रान्तिविना जातीय मुक्ति असम्भव रहेकाे भन्दै पार्टी र क्रान्तिकाे कार्यभार पूरा गर्ने दिशामा अगाडि बढ्न निर्देशनसहित शुभकामना दिइन् ।