काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ देशव्यापी भेला तथा अन्तक्र्रियामा जुटेको छ । महासंघको सुदूरपश्चिम प्रदेशको आयोजनामा शनिबार (आज) कञ्चनपुरमा अन्तक्र्रिया कार्यक्रम हुँदैछ । ‘राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पत्रकारको भूमिका’ विषयमा अन्तक्र्रिया कार्यक्रम राखेको छ । महासंघका प्रदेश संयोजक धनञ्जय अवस्थीका अनुसार महेन्द्रनगरमा हुने सो कार्यक्रममा बिभिन्न दल तथा बिभिन्न पत्रकार संघसंगठनका नेताहरुले सो बिषयमा
धारणा राख्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य अनुकुल प्रदेश सेक्रेटरी चिन्तन, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष
रवि पाण्डे केन्द्रीय सदस्य दामोदर खनाललगायतले विचार राख्ने कार्यक्रम रहेको जनाइएको छ । महासंघले राष्ट्रिय स्वाधीनताको पक्षमा अभियान संचालन गर्दै आएको छ ।
महासंघले बिहीबार बर्दिया जिल्लाको भेला सम्पन्न गरेको छ भने पश्चिम नवलपरासी र नवलपुर जिल्ला किमिटिको आयोजनामा ‘राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पत्रकारको भूमिका’ विषयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।
महासंघका केन्द्रीय कोषाध्यक्ष रवि पाण्डेयका अनुसार ५ नं. प्रदेशका बाँके, दाङ, कपिलवस्तु, रुपन्देही जिल्लामा भेलाको तयारी रहेको छ भने सुदूरपश्चिम प्रदेशका संयोजक अवस्थीका अनुसार कञ्चनपुर, कैलाली र डडेलधुरामा भेलाको तयारी भइरहेको छ ।
महासंघका ३ नं. प्रदेश संयोजक रनसुर महतराका अनुसार काठमाडौं, चितवन लगायतका जिल्लामा पनि भेला तथा अन्तक्र्रियाको तयारी भइरहेको छ ।

हार्दिक शुभकामना !


महासंघका महासचिव रामकुमार श्रेष्ठका अनुसार लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतको भूमि अतिक्रमणका विरुद्ध सच्चा देशभक्त र क्रान्तिकारीहरुको राष्ट्रिय स्वाधीनताको आन्दोलन जारी रहेको यो बेला पत्रकारहरुले पनि राष्ट्रिय स्वाधीनताको आन्दोलनमा साथ दिनु पर्ने र आन्दोलनलाई प्रभावकारी बनाउन पत्रकार तथा सञ्चारकर्मीहरुले भूमिका खेल्नुपर्ने आवश्यकता महसुस गर्दै देशव्यापी रुपमा ‘राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पत्रकारहरुको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिएको हो ।


महासंघका अध्यक्ष इन्द्र राउतका अनुसार क्रान्तिकारी पत्रकार महासंघले संगठन र संघर्षको अभियानलाई एकसाथ अगाडि बढाउने तयारी गरिरहेको छ । नेपालको पत्रकारिता क्षेत्रभित्रको राष्ट्रिय स्वाधीनता, जनपक्षीय र क्रान्तिकारी धारको नेतृत्व गर्दै संगठनलाई गतिशील ढंगले परिचालन गर्न आवश्यक गृहकार्य भइरहेको छ ।


क्रान्तिकारी पत्रकार महासंघले नेपाल पत्रकार महासंघको भूमिका साझा र छाता चरित्रको नभएको भन्दै प्रश्न उठाउँदै पेशागत तथा नागरिक अधिकारका मुद्दाहरुलाई केवल चुनावी नारामा सीमित गर्दै आएको भन्दै आलोचना समेत गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर