काठमाडौं । सांसद तथा जनप्रतिनिधिहरुको समेत अधिकार क्षेत्रमाथि हस्तक्षेप गर्दै वर्तमान संविधान समेतलाई लत्याउँदै सत्तारुढ डबल नेकपाले ३ नं. प्रदेशको नाम ‘वाग्मती’ राख्ने निर्णयलाई प्रदेश संसदमा लादेको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चाले गम्भीर रुपमा आपत्ति प्रकट गरेको छ । मार्चाका अध्यक्ष पवनमान श्रेष्ठले १५ पुष अर्थात् मंगलबार एक वक्तव्य जारी गर्दै डबल नेकपाको यस्तो निर्णयलाई ब्रम्हाणवादी रवैया भन्दै घोर भत्र्सना समेत गरेको छ र जनप्रतिनिधिहरुको अधिकार हनन नगर्न पनि चेतावानी दिएको छ ।

मोर्चाले उत्पीडित जातिहरुको पहिचानमा आधारित भएर प्रदेशको नामांकरण गर्नुपर्ने धारणा अगाडि सार्दै ३ नं. प्रदेशको ऐतिहासिक पृष्ठभूमि र वर्तमान स्थितिका आधारमा अर्थात् पहिचान र सामथ्र्यका आधारमा ‘नेवा–ताम्सालीङ’ प्रदेशको रुपमा नामांकरण गर्नुपर्नेमा जोड दिएको छ ।

हार्दिक शुभकामना !

यस्तो छ वक्तव्यको पूर्णपाठ ः

                                                                  “विषय ः— वक्तव्य
डबल नेकपाले ३ नं. प्रदेशको नाम बाग्मती र राजधानी हेटौँडा राख्ने निर्णयप्रति हाम्रो गौरवशाली मोर्चा, नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको गंभीररुपमां ध्यानाकर्षण भएको छ । यो निर्णयले वर्तमान संविधानको संसदीय पार्टी डबल नेकपाले उलंघन गरेको छ । संविधान अनुसार ३ नं प्रदेशको नाम र राजधानी प्रदेश संसदले निर्णय गर्ने भनिएको छ तर सत्तारुढ डबल नेकपाले यस निर्णय प्रदेश संसदमा लाद्दै छ । नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल संसदीय पार्टीको यस्तो ब्राम्हणवादी रवैयाप्रति घोर भत्सर्ना गर्दैं जनप्रतिनिधिहरुको अधिकार हनन नगर्न चेतावनी पनि दिन्छ । नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक देशमा खस ब्राम्हण र क्षेत्री बाहेकका जातिहरु सदियौदेखि उत्पीडनमा पर्दै आएका छन् । यी उत्पीडित जातिहरुलाई पहिचानसँगै विशेषाधिकार (नेपालको सन्दर्भमा स्वायत्तता र स्वशासन हुन्छ) आवश्यक छ । यस अनुसार ३ नं. प्रदेशमा रहेका नेवाः, तामाङ, चेपाङ, दनुवारलगायत सबै आदिवासी जनजातिहरुको पहिचान, स्वयत्तता र स्वशासन आवश्यक छ । तर संघीयतामा प्रदेश वा राज्य निर्माण गर्दा धेरै जनसंख्या भएको आधारमा नेवाः प्रदेश र ताम्सालिङ प्रदेश छुट्टाछुट्टै बनाएर बाँकि अरु आदिवासी जनजातिहरुलाई इलाका स्तर र स्थानीय स्तरको स्वायत्तता दिइनु पर्दछ । तर ३ नं प्रदेशको र देशकै पुनः संरचना नभएको स्थितिमा नेवाः ताम्सालिङ नाम राख्नु हाललाई उत्तम हुनेछ । राजधानीका सवालमा प्रदेशका सबै जनतालाई सबैभन्दा बढी पायक पर्ने र विकासको सम्भावनालाई रहेर निर्णय गरिनु पर्दछ । यहाँ नदी, पहाड वा धार्मिक स्थललाई पहिचान चाहिएको होइन, उत्पीडित जाति, समुदाय वा मानिसहरुको पहिचान र अधिकार चाहिएको हो । यसलाई प्रदेशका जनप्रतिनिधिहरुले गंभीरतापूर्वक मनन गर्ने र डबल नेकपाको निर्णयलाई खारेज गर्नेछ भन्ने कुराका हाम्रो मोर्चाले अपेक्षा गरेको छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर