काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ३ नंं. प्रदेशले आयोजना गरेको १२७ औं माओदिवस समारोह भव्य रुपमा सम्पन्न भएको छ । समारोहलाई पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता हरिभक्त कँडेलले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नु भएको थियो । उहाँले माओले माक्र्सवादका तीन संघटक अंग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा गरेका महत्वपूर्ण योगदानको विषयमा चर्चा गर्नुभएको थियो । उहाँले संशोधनवादी र अवसरवादीका विरुद्धको संघर्षमा श्रेष्ठता कायम नगरी क्रान्तिलाई विजयसम्म पु¥याउन नसकिने चर्चा गर्दै क्रान्तिका लागि वस्तुगत परिस्थितिको अनुकूलताको अनुपातमा आत्मगत स्थिति सुदृढ पार्न ध्यान दिनुपर्ने कुरामा जोड दिनु भयो ।


पार्टीका प्रदेश सचिव प्रवेशको अध्यक्षतामा सम्पन्न समारोहमा पार्टी पीवीएम सागरले अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा नयाँ जनवादी क्रान्तिका लागि छापामार युद्ध, गाउँले सहर घेर्ने, स्थानीय आधार इलाका निर्माण गर्दै केन्द्रीय सत्ता कब्जा गर्ने फौजी रणनीतिको विकास गरेको चर्चा गर्दै दशवर्षे नेपालको जनयुद्धमा त्यसको सान्दार प्रयोग भएको र जनयुद्ध रणनीतिक प्रत्याक्रमणको दोस्रो योजनासम्म विकसित हुँदै केन्द्रीय सत्ता कब्जाको नजिक पुगेको तर नेतृत्वको धोका र गद्दारीले गर्दा प्रतिक्रान्ति हावी हुन पुगेको विश्लेषण गर्नुभयो । उहाँले विचार, राजनीति, संगठन र संघर्षमा माओबाट नेपालका कम्युनिस्ट क्रान्तिकारीहरुले धेरै सिक्नुपर्ने आवश्यकता रहेको औल्याउनु भयो ।

हार्दिक शुभकामना !


पार्टी कार्यालय कुपण्डोलमा सम्पन्न भएको समारोहमा पार्टीका पीवीएम प्रभाकिरणले माओले सर्वहारावर्गीय क्रान्तिमा गरेको योगदानको विषयमा संक्षिप्तमा चर्चा गर्दै घरेलु र अन्तर्राष्ट्रिय अनुभवसहित नेपाली क्रान्तिको प्रक्रियालाई अगाडि बढाएर विजयसम्म पु¥याउन सकिने बताउनु भयो ।


पार्टी केस सोमानले सञ्चालन गरेको समारोहमा पार्टी केस क्षितिजले स्वागत मन्तव्य राख्नु भएको थियो ।


समारोहमा पार्टी केन्द्रीय सल्लाहकार सूूर्यबहादुर नकर्मी लगायत पार्टी केस, प्रदेश सदस्य, जिल्ला सदस्यलगायत सयौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


समारोहमा प्रमुख अतिथि, अतिथि लगायत उपस्थित सबैले कमरेड माओको फोटोमा माल्यार्पण गरी श्रद्धाञ्जलीसमेत गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर