पोखरा । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले सीमा समस्या कुटनीतिक रुपमा पहल नभएर अन्तराष्ट्रिय करण गर्ने बताएका छन् ।
विहीबार देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश नं. ४ ले सिमा रक्षा र राष्ट्रिय स्वाधिनताको रक्षाको माग गर्दै बुझाइएको ज्ञापन पत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।
मुख्य मन्त्री गुरुङले ज्ञापन पत्र बुझ्दै भने – हाम्रो पार्टी र सरकारले भारत सरकारसँग अतिक्रमित भूमि फिर्ता र भारतीय सुरक्षाकर्मी फिर्ताका लागि पहल गरेको छ । अहिलेसम्म कुनै पनि सरकारले नगरेको काम भारत सरकारलाई नोट पठाउने काम गरेको छ । अब कुटनितिक पहलबाट समस्या हल नभएर हाम्रो पार्टीले यस मुद्दालाई अन्तराष्ट्रिय करण गर्छ ।
ज्ञापन पत्रको बारेमा नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवम् प्रदेश इन्चार्ज अटलले व्याख्या गरेका थिए भने देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका प्रदेश अध्यक्ष नेत्र रानाभाटले ज्ञापन पत्र पढेर मुख्यमन्त्रीलाई बुझाएका थिए ।
ज्ञापन पत्रमा भारतीय पक्षले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पुयाधुरा, सुस्ता लगायतका भूमि कुटनितिक पहल गरेर फिर्ता गर्नु पर्ने र त्यसो नगरे कडा संघर्षमा उत्रिने चेतावदी दिइएको छ ।
त्यसैगरी नेपाली भूमिमा रहेको भारतीय सुरक्षाकर्मी पनि तत्काल फिर्ता गराउन माग गरिएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा प्रदेश ४ ले मुख्य मन्त्री मार्फत प्रधानमन्त्री केपी शर्मा वलीलाई ज्ञापन पत्र बुझाएको हो ।