हार्दिक शुभकामना !

 पोखरा । नेकपा क्रान्तिकारी माओवादीको स्थायी कमिटि सदस्य सिपी गजुरेलले माओको विचार नेकपा क्रान्तिकारी माओवादीले मात्र रक्षा गरेको दावी गरेका छन् ।

विहीबार माओ जयन्तीको अवसरमा पोखराको अमरसिंह चोकमा आयोजित कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका नेता गजुरेलले यस्तो बताएका हुन् । उनले भने – माओ विचारको रक्षा, प्रयोग र विकास गर्नेमा हाम्रो पार्टी मात्र प्रतिबद्ध छ ।

गजुरेलले सत्ता पक्षीय नेकपाले कम्युनिष्टको नाममा माओ विचार धारा वोक्ने कम्युनिष्ट पार्टीलाई आतंकवादी र उग्रवादी पार्टीको विल्ला दिएर सच्चा कम्युनिष्ट आन्दोलनलाई तुहाउने र क्रान्तिकारी पार्टीका कार्यकर्ताहरुलाई हतोत्साहित पार्ने काममा लागि परेको आरोप समेत लगाए ।

क्रान्तिकारी माओवादी प्रदेश नं. ४ को आयोजनामा भएको कार्यक्रममा बोल्दै उनले यो सरकार नाममा मात्रको कम्युनिष्ट पार्टीको सरकार भएकोले कम्युनिष्टको नाममा जनतालाई धोका दिने काम भएको र त्यसको भण्डाफोर गर्न आवश्यक रहेकोमा जोड दिए ।

नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य निश्चचलकाे सञ्चालनमा भएको कार्यक्रम प्रदेश सचिव किशाेरकाे  अध्यक्षतामा भएकाे थियाे । कार्यक्रममा पार्टि पीवीएम तथा प्रदेश इन्चार्ज अटलले पनि माआेकाे याेगदानबारे चर्चा गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर