पोखरा । देशभक्त जनगणतान्त्रिक मोचा, नेपाल ४ नं. प्रदेशको अध्यक्षमा नेत्र रानाभाट चयन भएका छन् । बुधबार सम्पन्न मोर्चाको प्रदेश बैठकले रानाभाटलाई प्रदेश अध्यक्षमा चयन गरेको हो । यसअघि अध्यक्ष रहेका नेता केशबहादुर परियारले अध्यक्षको पदबाट दिएको राजीनामा स्वीकृत गर्दै बठकले नेता रानाभाटलाई प्रदेश अध्यक्षमा चयन गरेको हो ।
बैठक मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलको विशेष उपस्थितिमा सम्पन्न भएको थियो । मोर्चाको बैठकले ४ नं. प्रदेशमा भारतीय हस्तक्षेपको विरोध गर्दै राष्ट्रिय स्वाधीनताको आन्दोलन उठान गर्न अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । मोर्चाले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरुलाई लिएर प्रदेशव्यापी अभियान सञ्चालन निर्णय गरेको बताइएको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर