कोहलपुुरमा विद्यार्थीमाथि गरिएको प्रहरी दमन र ज्यादतीको अखिल (क्रान्तिकारी)ले ग¥यो घोर भत्र्सना

प्रकाशित मिति : २०७६ मंसिर २३


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले एक वक्तव्य जारी गरी बाँकेको कोहलपुरमा विद्यार्थीमाथि प्रहरी प्रशासनले गरेको दमन र ज्यादतीको घोर विरोध एवम् भत्र्सना गरेको छ । संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले एक वक्तव्य निकाली यस्तो विरोध जनाएका हुन् ।

वक्तव्यमा ट्रकको ठक्करबाट गम्भीर घाइते भई उपचाररत विद्यार्थी प्रकृति चन्दको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रहरी दमनमा घाइते भएका सम्पूर्ण विद्यार्थीहरुको उपचारको व्यवस्था मिलाउन सरकारसँग माग समेत गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “हाम्रो महान् तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी)ले यहि २०७६ मंसिर २२ गते बाँकेको कोहलपुर, त्रिभुवन मा.वि. कक्षा ७ मा अध्यनरत छात्रा प्रकृति चन्दलाई ट्रकले सोही स्कुल चोकमै किचेर गम्भिर घाइते बनाएको प्रति घोर निन्दा एवं भत्र्सना गर्दछ । बि. एण्ड बि. हस्पिटलमा उपचाररत गम्भीर घाइते प्रकृति चन्दको सिघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछौं । उक्त घटना पश्चात स्वः स्फूर्त रुपमा आन्दोलित विद्यार्थीहरुलाई प्रहरीले अन्धाधुन्ध लाठी र बुट प्रहारको साथै रबरको गोली समेत हानेर २५ जनाभन्दा बढीलाई सख्त घाइते बनाएको प्रति हाम्रो संगठन उक्त घटनाको घोर निन्दा गर्दछ । गम्भीर घाइते प्रकृति चन्दको सम्पूर्ण उपचारको लागि नेपाल सरकारसँग जोडदार माग गर्दछौं भने यस्ता निन्दनीय कार्यको ससक्त विरोध गर्दै प्रहरी प्रशासनको ज्यादतीबाट घाइते विद्यार्थी साथीहरुको पनि सम्पूर्ण उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग अनुरोध गर्दछौं । अन्यथा हाम्रो संगठन शसक्त संघर्षमा उत्रन वाध्य हुनेचेतावनी समेत दिन चाहन्छौ ।”