भारतीय हस्तक्षेपका विरुद्ध चितवनको माडीमा विरोध जुलससहित प्रदर्शन(फोटोफिचर)

प्रकाशित मिति : २०७६ मंसिर २२


चितवन । भारतीय विस्तारवादी सत्ताले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा सहित ३७२ वर्ग किमि भन्दा बढी भु–भाग कब्जा गरेर आफ्नो नक्सामा समावेश गरेको विरुद्धमा नेकपा (क्रान्तिकारी माओवादी) चितवन समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल चितवन जिल्ला समितिले माडि नगरपालिकाको वसन्तपुर चोकमा प्रदर्शन सहित सभा सम्पन्न गरेको छ ।

स्थानीय माडि क्याम्पस चौरबाट सयौको सङ्ख्यामा शुरु भएको विरोध जुलुस वजारका विभिन्न स्थान परिक्रमा गरी वसन्तपुर चोकमा आई सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै मोर्चाका पुर्व केन्द्रीय सदस्य अशोक शर्माले देशको राष्ट्रिय अस्मिता र स्वाधीनतामाथि भारतीय विस्तारवादद्वारा हस्तक्षेप हँुदा कानमा तेल हालेर बस्ने र त्यसको विराधमा जनता सडका निस्कदा गिरफ्तार गर्ने वर्तमान केपी ओलीको बदनाम र नालायक सरकार सरकार इतिहासकै सवैभन्दा राष्ट्रघाती, भ्रष्ट र दलाल भएको प्रमाणित समेत दाबी गर्दै यो दलाल संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी व्यवस्थाको लागि संघर्षमा सामेल हुने बेला आएको बताए । उनले दलाल सत्ताको राष्ट्रघाती कार्यको विरुद्धमा संघर्षरत देजमोका नेता कार्यकर्ता गिरफ्तार गरेर गम्भीर अपराध गरेको आरोप लगाउदै एकदिन जनताले यी दलाल राष्ट्रघातीहरुलाई कार्वाही गर्ने बताए ।

सभामा बोल्दै देजमो चितवनका अध्यक्ष बाबुराम प्यासीले दलाल सत्ताको राष्ट्रघाती कार्यको विरुद्धमा आफ्नो पार्टी देशव्यापी संघर्षमा रहेको कारण र आफ्नो अभियानलाई सहयोग पु¥याउन माडीक्षेत्रका जनतालाई आवहान समेत गरेका थिए । माडी क्षेत्र पनि भारतीय विस्तारवादको अतिक्रमणमा पर्दै आएको कारण राष्ट्रियताको मुद्दामा माडीको अग्रणी भुमिका रहनु पर्ने नेता प्यासीको भनाइ थियो । चर्चित विद्यार्थी नेता तथा अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष सुरेश गौतमले संचालन गरेको उक्त विरोध सभा देशभक्त जनगणतान्त्रिक मोर्चाका चितवन जिल्ला कोषाध्क्ष तथा माडि इलाका संयोजक सीपी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।