भारतीय हस्तक्षेपका विरुद्ध नारा जुलुससहितको ¥याली शान्तिबाटिकाबाट सुरु हुँदै, विरोधसभालाई अध्यक्ष सीपी गजुरेलले सम्बोधन गर्ने

प्रकाशित मिति : २०७६ मंसिर १६

काठमाडौं । भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्ध निरन्तर रुपमा आवाज उठाउँदै आएको नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग, नेपाल, अखिल (क्रान्तिकारी) र अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ ३ नं. प्रदेशको आयोजनामा आज रत्नपार्क शान्तिबाटिकामा ¥यालीसहित विरोध प्रदर्शन र सभा हुँदैछ ।

शान्तिबाटिकाबाट बागबजार, पुतलीसडक, पद्मोदयमोड, प्रदर्शनीमार्ग, भद्रकाली, सुन्धरा, सहिदगेट, एनएसी, वीर अस्पताल हुँदै पुनः शान्तिबाटिकामा पुगेर विरोध सभामा परिणत हुने गरी विरोध ¥यालीको तयारी भइरहेको छ । विरोध प्रदर्शनका लागि क्रान्तिकारी माओवादी सम्बद्ध युवा, विद्यार्थी, मजदुरहरु लगायत सच्चा देशभक्त तथा क्रान्तिकारीहरु अहिले रत्नपार्क शान्तिबाटिकामा जम्मा भइरहेका छन् ।

यो विरोध ¥यालीको नेतृत्व देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, आयोजक संगठनका मुख्य नेतृत्वहरु, प्रदेश नेतृत्वहरु लगायत पार्टी तथा मोर्चाका नेताहरुले गर्दै छन् ।

विरोध सभालाई अध्यक्ष गजुरेल लगायत आयोजक संगठनका केन्द्रीय अध्यक्षहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । कार्यक्रममा ख्याती प्राप्त कलाकारहरुले राष्ट्रवादी गीत तथा नृत्यहरु प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको बुझिएको छ । विरोध प्रदर्शन र सभामा हजारौंको सहभागिता रहने जनाइएको छ ।