नेता कार्यकर्ताको रिहाइका लागि दबाब, पत्रकार सम्मेलनमार्फत् विज्ञप्ति जारी, अविलम्ब रिहाइ नगरिए कडा संघर्षमा उत्रने चेतावानी

प्रकाशित मिति : २०७६ मंसिर १३

- जितेन्द्र थापा

सुर्खेत । मंसिर १४ मा हुने उपनिर्वाचन बहिस्कारको क्रममा पक्राउ परेका नेता कार्यकर्ताहरुको रिहाइका लागि नेकपा (क्रान्तिकारी माओवादी) तथा सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कर्णाली प्रदेशले दबाबमूलक कार्यक्रमहरु गरिरहेको छ । केही दिनअघि कोणसभा गरी नेता कार्यकर्ता पक्राउको विरोध एवम् रिहाईको माग गरेको क्रान्तिकारी माओवादी र देजमो, नेपालले बिहिबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी नेता कार्यकर्ताहरुको अविलम्ब रिहाईका लागि जोडदार माग गरेको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिवालय सदस्यद्वय चक्रपाणी शर्मा, दीपकबहादुर शाही, सल्यान पार्टी सचिव चक्र शाह लगायत चारजना नेताहरुको रिहाइको माग गर्दै क्रान्तिकारी माओवादी कर्णाली प्रदेश समिति, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल जिल्ला कमिटि सुर्खेत, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल जिल्ला कमिटि सुर्खेतले सयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति समेत गारी गरेका थिए । जारी वक्तव्यमा मंसिर १४ गते हुनलागेको उपनिर्वाचन बहिस्कारको क्रममा सोमबार कर्णाली प्रदेश अन्र्तगत सल्यानको कुमाख गाउपालिका वडा नं ५ मा वडाअध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचन बहिस्कार कार्यक्रमको क्रममा नेताहरु गिरफ्तार परेको भन्दै राज्यको उक्त कदमको घोर भत्र्सना गरिएको छ । वक्तव्यमा भनिएको छ, “हाम्रा नेताहरुलाई विनासर्त अविलम्ब रिहाईको माग गर्दछौं, यदि विनासर्त रिहाई नगरेको खण्डमा त्यसबाट उत्पन्न हुने सबै परिणामप्रति नेपाल सरकार पुर्णरुपले जिम्मेवार हुनेछ ।”

प्रेस विज्ञप्ति जारी गर्दै क्रान्तिकारि माओवादीका केस तथा कर्णाली प्रदेश सचिव आश्मानले हाम्रा साथीहरुलाई विनासर्त रिहाई नगरे कडा प्रतिरोध संघर्षमा उत्रने चेतावानी दिए