
चितवन । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले चितवनमा राष्ट्रिय स्वाधीनता र उपनिर्वाचन बहिस्कार आन्दोलनलाई एकसाथ जारी राखेको छ । मंसिर १४ को उपनिर्वाचन बहिस्कार आन्दोलनको क्रममा मोर्चोले मंसिर ७ गते भरतपुर १६ फुर्तिचोकमा कोणसभा सम्पन्न गरेको थियो । कोणसभालाई देजमोकी केन्द्रीय सचिवालय सदस्य अम्बिका मुडभरीले सम्बोधन गरेकी थिइन् ।
नेपालका झण्डा र वास्तविक नक्साको समेत प्रदर्शन गर्दै मंसिर ९ गते खैरनी नगरपालिका वडा न. ५ मा उपनिर्वाचन बहिस्कार सभा सम्पन्न गरियो । सभालाई देजमो, नेपालका केन्द्रीय सदस्य अशोक शर्माले सम्बोधन गरेका थिए । सोेही दिन दिउसो खैरनी नगरपालिका वडा न. ४ स्थित सिवालय चोकमा भएको कोणसभालाई नेता घननाथ सापकोटाले सम्बोधन गरेका थिए ।

त्यसैगरी मोर्चाले मंसिर १० गते जिल्ला प्रशासन कार्यलयमा भारतीय विस्तारवादद्वारा अतिक्रमित भूमि फिर्ताका लागि सरकारलाई दबाब दिन र वास्तविकस नेपालको नक्सा सरकारी कार्यालयमा प्रयोग गर्न अनुरोधसहित ज्ञापन पत्र बुझायो । मोर्चाका चितवन अध्यक्ष बाबुराम प्यासीद्वारा ज्ञापन बाचन गरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र हस्तान्तरण गरिएको थियो भने मोर्चाका पूर्व केस अशोक शर्माद्वारा नेपालको नक्सा हस्तान्तरण गरिएको थियो ।
ज्ञापनपत्र बुझाएपछि प्रजिअ कार्यलयबाट ¥यालीसहित बसपार्क चोकमा पुगेर कोणसभा सम्पन्न गरिएको थियो । सभालाई देजमोका पूर्व शर्माले सम्बोधन गरेका थिए ।
चितवन जिल्लाका उप–निर्वाचन हुने तीनवटा वडाहरु भरतपुर महानगरपालिका को १६ नं. वडा र खैरनी नगरपालिका वडा न. ४ र ५ मा मोर्चाले उप निर्वाचन बहिस्कारको पक्षमा व्यापक प्रचार प्रसार गरिनुका साथै पर्चा वितरण लगायतका कार्यक्रम सम्पन्न गरेको छ ।

यसैबीच, बिहीबार भरतपुर १६ स्थित फुर्तिचोकमा एक शक्तिशाली बम बिस्फोट भएको छ । भरतपुर महानगरपालिका वडा न. १६ मा यहि १४ गते वडा अध्यक्षको लागि मतदान हँुदैछ । चुनावलाई लक्षित गरि बम विस्फोट गराएको हुन सक्ने त्यहाँका स्थानीय जनताले आशंका गरेका छन् । यो विस्फोटबाट स्थानीय जनतामा त्रास उत्पन्न भएको र चुनावमा मतदान गर्न जाँदा असुरक्षित हुने मनोविज्ञान बढेर गएको स्थानीयहरुका भनाइ छ । विस्फोटको घटनापछि उक्त क्षेत्रमा ठूलो संख्यामा नेपाली सेना, ससस्त्र प्रहरी र जनपद प्रहरी परिचालन गरिएको छ ।
































