देशभक्त जनगणतान्त्रिक मोर्चाले भारतीय दूताबासलाई बुझायो ज्ञापन पत्र (फोटोफिचरसहित)

प्रकाशित मिति : २०७६ मंसिर ९

 

काठमाडौं । स्थापना कालदेखि नै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा निरन्तर आवाज उठाउँदै आएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल भारतीय विस्तारवादले नेपालको कालापानी क्षेत्र लगायतमाथि गरेको अतिक्रमणका विरुद्ध यतिबेला देशव्यापी रुपमा आन्दोलित छ ।

मोर्चाले चरणबद्ध रुपमा राष्ट्रिय स्वाधीनताको आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसैक्रममा मोर्चाले आज (सोमबार) काठमाडौंको लैनचौरस्थित भारतीय दूताबासमा अतिक्रमित भूमि फिर्ताको माग गर्दै ज्ञापन पत्र बुझाएको छ । मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलको नेतृत्वमा गएको एक टोलीले भारतीय दूताबासका असिस्टेन्ट वेलफेयर अफिसर दिपक दासमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई ज्ञापन पत्र बुझाएको हो ।


भारतीय विस्तारवादका विरुद्ध नारा जुलुस लगाउँदै ¥यालीसहित लैनचौर पुगेका देजमोका अध्यक्ष सीपी गजुरेलले ज्ञापन पत्र बुझाएर बाहिर निस्किएपछि ¥यालीलाई सम्बोधन गरेका थिए ।

आइतबार पोखराको पृथ्वीचोकमा भएको उपनिर्वाचन बहिस्कारसभालाई सम्बोधन गरेर फर्किएका मोर्चाका अध्यक्ष एअरपोर्टबाट सिधै ज्ञापन पत्र बुझाउने टोलीको नेतृत्व गर्दै लैनचौर पुगेका थिए ।

नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध सबै जनवर्गीय तथा मोर्चाहरुको नेतृत्व गर्दै गएको देजमोको ¥यालीमा जबस मोर्चाका नेताहरुको समेत उल्लेख्य रुपमा उपस्थिति र सहभागिता रहेको थियो ।

फाेटाे : अमिट याेन्जन