सम्मेलन सकिएलगत्तै क्रान्तिकारी माओवादी ३ नं. प्रदेशले जारी ग¥यो यस्तो प्रेस विज्ञप्ति

प्रकाशित मिति : २०७६ मंसिर ५


काठमाडौं । कार्तिक २९, ३० र मंसिर १ गते सम्पन्न गरेको नेकपा (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेशले ५ मंसिरमा एक विज्ञप्ति जारी गरेको छ । पार्टीका प्रदेश इन्चार्ज सागर र सेक्रेटेरी प्रवेशको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा ‘सम्मेलनका बारेमा आवश्यक जानकारी सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको’ जनाइएको छ ।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ :

                                                                                                       “विषय : प्रेस विज्ञप्ति
हाम्रो गौरवशाली पार्टी नेकपा (क्रान्तिकारी माओवादी)को ३ नं प्रदेशको प्रथम सम्मेलन यहि कार्तिक २९, ३० र मंसिर १ गते भव्यताका साथ सम्पन्न भएको छ । यस सम्मेलनका बारेमा आवश्यक जानकारी सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१) नेकपा (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेशको प्रथम प्रदेश सम्मेलनको उद्घाटन यहि कार्तिक २९ गते ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका चाँगाथलीस्थित चाँदनी ब्याङक्वेटमा एक भव्य समारोहका बीच सम्पन्न भएको छ । पार्टी सम्मेलनका प्रतिनिधि, पर्यवेक्षक, आयोजक र स्थानीय जनताको उपस्थितिमा ३ नं. प्रदेशका सेक्रेटरी तथा पोलिटव्युरो सदस्य क. सागरको सभापतित्वमा तथा पार्टीका स्थायी समितिका सदस्य तथा मध्य व्युरो इन्चार्ज क.गौरवको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
देश र जनताको मुक्ति आन्दोलन तथा महान् जनयुद्धमा शहादत प्राप्त गर्नु हुने ज्ञात अज्ञात महान् शहिदहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरी शुरु भएको उक्त कार्यक्रम लगत्तै कम्युनिष्टहरुको अन्र्तराष्ट्रिय गीत गायनले हल गुञ्जायमान भयो । सम्मेलनको उद्घाटन तालीका गड्गडाहट वीच प्रमुख अतिथी क.गौरवले पानसमा बत्ती बालेर गर्नुभयो । उद्घाटन मन्तव्यमा देशको राष्ट्रियता गंभीर संकटमा परेको कुरा औँल्याउनु हुँदै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या हल गर्न नयाँ जनवादी क्रान्ति अपरिहार्य रहेको कुरामा जोड दिनु हुँदै सम्मेलनको भव्य सफलताको शुभकामना दिनु भएको थियो । यसका साथै केन्द्रीय सल्लाहकार समितिका सदस्य क.रामप्रसाद र सहिद÷बेपत्ता परिवारका तर्फबाट क.बि.बि. हमालले सम्मेलन सफलताको शुभकामना दिनु भएको थियो । सो कार्यक्रममा पोलिटव्युरो सदस्य क.प्रभाकिरणबाट स्वागत मन्तव्य मार्फत अतिथि, प्रतिनिधि तथा पर्यवेक्षकहरुको स्वागत तथा कार्यक्रम संचालन पोलिटव्युरो सदस्य क. प्रवेशबाट गरिएको थियोे ।
२) बन्द सत्र
क) बन्द सत्र संचालनका लागि क.उदय, क. मिं र क. जिसहित तीन जनाको अध्यक्ष मण्डल हलले चुन्यो र अध्यक्ष मण्डलको अध्यक्षमा क. मिं चुनिनुभयो ।
ख) अध्यक्ष मण्डलद्वारा संचालित बन्द सत्रमा ३ नं. प्रदेशका सेक्रेटरी क. सागरले ‛राष्ट्रिय स्वाधीनताको रक्षा,जनतन्त्र र जनजीविकाका लागि सशक्त प्रतिरोध आन्दोलन !’‛नयाँ जनवादी क्रान्तिको तयारीका लागि ३ नं.प्रदेशको सम्मेलन !!’ मूल नारासहितको राजनैतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
ग) हलमा उपस्थिति प्रतिनिधि, पर्यवेक्षक र आयोजक सदस्यहरुको नौवटा टोली बनाई राजनीतिक प्रतिवेदन उपर गंभीर छलफल र बहस गर्ने काम भयो । नौ वटै टोलीका ग्रुप लिडरहरुबाट आफ्नो टोलीको छलफलमा उठेका जिज्ञासा, प्रश्न र महत्वपूर्ण सुझावहरु राख्ने काम भयो ।
घ) विभिन्न टोलीबाट उठेका जिज्ञासा, प्रश्न र सुझावहरुबारे प्रतिवेदनका प्रस्तोता प्रदेशका सेक्रेटरी क.सागरबाट गंभीर ढंगले छलफल भई टोलीहरुबाट आएका सही र आवश्यक सुझावहरु समेटी प्रतिवेदन परिमार्जन गरिने कुरा हलमा राखियो र परिमार्जित प्रतिवेदन एक मतले पारित भयो ।
ङ) प्रतिवेदन पारित भइसकेपछि सेक्रेटरी कमरेडबाट ५१ पूर्ण र १७ वैकल्पिक प्रदेश सदस्यका लागि ४९ पूर्ण र १७ वैकल्पिक सदस्यहरुको प्यानल पेस भयो । प्यानलमाथि हलमा आवश्यक छलफल र बहस पश्चात उक्त प्यानलाई हलले एकमतले पारित ग¥यो ।
च¬¬) उक्त पारित प्यानलले प्यानलका जेष्ठ सदस्य क. मिंको अध्यक्षतामा बसेको संक्षिप्त बैठकले प्यानलका सदस्य तथा पार्टी पोलिटव्युरो सदस्य क. प्रवेशलाई सेक्रेटरीमा निर्वाचित ग¥यो ।
छ) नवनिर्वाचित प्रदेश समितिका निर्वाचित सेक्रेटरी क. प्रवेशले उक्त समितिको तर्फबाट प्रतिबद्धतता व्यक्त गर्नु हुँदै सबै कमरेडहरुको सहयोगमा ३ नं. प्रदेशले नयाँ जनवादी क्रान्तिलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने कुरा राख्नुभयो । तत्पश्चात् प्रमुख अतिथी क. गौरवले निर्वाचित समितिको कार्यकालको सफलताको कामना गर्नु हुँदै नयाँ जनवादी क्रान्तिका लागि यसले महत्वपूर्ण भुमिका खेल्नका लागि शुभकामनासहित बधाई दिनु हुँदै सम्मेलन भव्यतापूर्वक सफल भएको घोषणा गर्नुभयो ।
ज) नेतृत्वको चयनपछि पोलिटव्युरो सदस्य क. प्रभाकिरणले समसामयिक राजनैतिक प्रस्ताव पेस गर्नुभयो र यसलाई हलले एक मतले पारित ग¥यो ।
झ) अन्त्यमा अध्यक्ष मण्डलका अध्यक्ष क. मिंले सम्मेलन भव्यतापूर्वक सफल भएको घोषणा सहित सम्मेलन सफल पार्न महत्वपूर्ण भुमिका खेल्नु हुने सबैमा धन्यवाद ज्ञापन गरी बन्द सत्र तथा सम्मेलनको समापन भएको घोषणा गर्नुभयो । उक्त घोषणा लगत्तै राष्ट्रियता, जनतन्त्र र जनजीविका सम्बन्धि क्रान्तिकारी गगनभेदी नाराहरु लगाउने काम भयो ।”
क्रान्तिकारी अभिवादन सहित !