
दाङ। दाङ जिल्लाको बबई गाउपालिकाको ईलाका प्रहरी कार्यालय खिलकपुरले नेकपा क्रान्तिकारी माओवादीका दुई केन्द्रीय सदस्यसहित ६ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पार्टीको शुक्रबार दाङकाे हापुरेमा हुने जनसभाकाे प्रचारका लागि हिडेका नेता कार्यकर्ता सहित प्रचारमा प्रयोग भएको गाडिलाई पंचकुलेबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समिर, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सचिवालय सदस्य हिरामणी दुःखी, वाई बी शाही, रामजी थारु, माधव खनाल र एक गाडि चालकलाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई अहिले ईप्रका खिलकपुरमा राखिएको छ । त्यस्तै शान्तिपुर्ण सभाको प्रचारमा हिडेका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको भन्दै पार्टीले आपति जनाएको छ ।