नेपालमा भारतीय, चिनियाँ र अमेरिकी रणनीति टकराइरहेका छन्, अमेरिकाको इन्डोप्यासिफिक रणनीति खतरनाक : महासचिव किरण

प्रकाशित मिति : २०७६ कार्तिक २६

- रवि पाण्डेय


दाङ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य‘किरण’ले नेपालमा त्रिकोणात्मक रुपले अन्तर्राष्ट्रिय शक्ति टकराउदै आएको बताउँदै इन्डो प्यासिफिक रणनीति खतरनाक रहेको टिप्पणी गरेका छन् । नेपालमा भारतीय, चीनियाँ र अमेरिकी रणनीति टकराउँदै आएको चर्चा गर्दै उनले चीनियाँ बेल्ट एण्ड रोड अर्थ बजारसँग जोडिएकोले त्योभन्दा इन्डोप्यासिफिक रणनीति खतरनाक रहेको बताए ।
नेकपा (क्रान्तिकारी माओवादी) पाँच नं. प्रदेशको प्रथम अधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै महासचिव किरणले इन्डोप्यासिफिक रणनीति अमेरिकी सैन्य रणनीति रहेकोले यो खतरनाक रहेको बताएका हुन् ।
अमेरिकाको भारतमार्फत् नेपाललाई हेर्ने पुरानो अवस्था फेरिएको भन्दै उनले अमेरिका अब सिधैं नेपालमा आउन चाहेको बिश्लेषण गरे । किरणले भारतले नेपालमा अमेरिकी नीति लागू गर्न सकेन भन्ने लागेर हिन्द प्रशान्त रणनीतिमार्फत् नेपालमा अमेरिकीकाले सैन्य साझेदारी गर्न चाहेको उल्लेख गरे ।
त्यस्तै नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिका भम्रणमा गएर अमेरिकी रणनीति अन्तरगतको मिलेनियम च्यालेन्ज कर्पाेरेसनमा सही गरेर अमेरिकी रणनीतिलाई सहयोग गरेको बताउदै भने– त्यो रणनीतिमा जानै हुने थिएन । अमेरिकी सैन्य साझेदारी हो यो पत्रकारहरुले खुलासा गरेपछि परराष्ट्रमन्त्रीले गरेको मिलेनियम हस्ताक्षरको कुरा बाहिर आयो । अनि मन्त्री परिषद् बैठक बसेर ५५ करोड लिने निर्णय ग¥यो ।’
महासचिव किरणले थपे– त्यस्तै नेपालले असंलग्न नीति भन्दै आएको छ । यो स्थितिलाई बुझ्न जरुरी ओलीले राष्ट्रियताका सन्र्दभमा नाकाबन्दीका बेला भम्र छरेका कुरा बुझेकै छौ । चीनसंग पनि बाटो खोल्ने काम राम्रै गरे । राम्रोलाई राम्रै भन्नुपर्छ । चीनसंग पारवहन सन्धि गरेकाले ओली राष्ट्रवादी हुन् भन्ने भम्र परैकै छ ।’
नेपाल, भुटान र भारत लिएरलाई चाइनालाई क्रस गर्ने नीति अमेरिकी नीति अनुसार नेपालका उत्तरतर्फका बाटो र गुम्बाहरुमा लगानी गरेको पनि किरणले दावी गरे ।
त्यस्तै फरक प्रसंगमा लिपुलेकमा चीनले र भारतसंग सम्झौता गरेर गल्ती नै गरेको विश्लेषण गरे । चीनियाँहरुले त्यो गल्ती सच्चाउँछौ भनेका छन् । उनले भने– इण्डियाको कुरो बेग्लै छ । तर अमेरिकी रणनिति खतरनाक छ ।

संर्घषमा जोड
पार्टीको पाँच नं. प्रदेशको प्रथम अधिवेशनको बन्द सत्रमा संघर्षको कार्यक्रमलाई जोड दिइएको छ । बन्द सत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि १० वटा समूह बनाएर छलफल चलाइएको छ । सोमवार अबेर बन्द सत्र शुरु भएपनि मंगलबार बिहानैबाट १० वटा समुह बनाएर हलमा प्रदेश ईञ्चार्ज तथा सेक्रेटरी प्रेम सुवेदीले प्रस्तुत गरेको प्रदेश नम्बर ५ को राजनैतिक एंव सांगठनिक प्रतिवेदनमाथि छलफल बहस शुरु भएको थियो । १० वटै समुहको बहसमा राष्ट्रियताको आन्दोलनमा पार्टीले लिएको नीति सही भएको विश्लेषणसहित संर्घषलाई अझ सशक्त रुपमा उठाउनु पर्ने विचार प्रतिनिधिहरुले राखेको स्रोतले जनाएको छ । त्यस्तै समुह नेताहरु तिलक बिक, लक्ष्मी चौलागाई, गोपाल नेपाली र मधुसुदन बैद्यले छलफलको निष्र्कष प्रस्तुत गरेका छन् । १० वटै समुहबाट आएको निष्र्कषलाई प्रस्तुत गरिसकेपछि त्यस उपर आवश्यक प्रष्टीकरणसहित नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।