
काठमाडाैं । नेकपा (क्रान्तिकारी माओवादी) विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेताहरुले देशकाे सीमा सुरक्षा गर्न नसकेकाे भन्दै प्रधानमन्त्री केपी ओलीकाे राजीनामा मागेका छन् । साेमबार लैनचाैरस्थित भारतीय दुताबास घेराउ गर्न गएका विद्यार्थी नेताहरुले ओलीकाे राजीनामा माग गरेका हुन् ।

दुताबास घेराउकाे क्रममा क्रान्तिकारी विद्यार्थी नेताहरुले भारतीय विस्तारवादका विरुद्ध चर्काे नाराबाजी गर्दै दूताबास अगाडि एक घण्टा धर्ना समेत दिए । साे क्रममा माेदीकाे पुत्लादहन गर्दै नेपाली भूमि अतिक्रमणा गरिएकाे भारतीय नक्सा समेत जलाएका थिए ।

दुताबास घेराउसँगै आयाेजित काेणसभामा बाेल्दै अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले देशकाे सीमा सुरक्षा गर्न नसक्ने केपी अाेलीलाई नैतिकताकाे अाधारमा प्रधानमन्त्रीकाे कुर्सीमा बस्ने अधिकार नभकाेले अाेलीले तत्काल राजीनामा दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा विद्यार्थी नेताहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।





























