क्रान्तिकारी माओवादी ५ नं प्रदेशकाे प्रथम अधिवेशन आजबाट सुरु (फाेटाेफिचर)

प्रकाशित मिति : २०७६ कार्तिक २५

- रवि पाण्डेय

बुटवल । ‘नयाँ जनवादी क्रान्तिको तयारी गरौ, प्रथम प्रदेश अधिबेशन भब्य रुपमा सफल पारौ’, भन्न्ने मुल नाराका साथ नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश ५ को ऐतिहासिक प्रथम अधिबेशन आज (सोमवार) दाङको घोराहीमा उद्घाटन हुँदैछ ।


अधिबेशनको अन्तिम तयारी आइतबार नै सकिएको र प्रदेश अन्तरगतका १२ वटै जिल्लाबाट प्रतिनिधि पर्यबेक्षक आउने क्रम जारी रहेको बताइएकाे छ । अधिबेशन उद्घाटन पूर्व सोमवार ¥याली निकालिने र ¥यालीले घोराहीका बिभिन्न चोकहरु परिक्रममा गर्दै बालमन्दिरमा खुल्ला सभा गरिने क्रान्तिकारी माओवादीका नेता हिरामणी दुःखीले बताए । अधिवेशनकाे उद्घाटन दिउसाे १ बजे गर्ने कार्यक्रम रहेकाे छ।


कार्यक्रमलाई क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरण, स्थायी समिति सदस्य तथा पश्चिम ब्युरो ईञ्चार्ज रामसिंह श्रीस, पोलिटब्युरो सदस्य प्रेम सुवेदीलगायतका नेताहरुले सम्बोधन गर्ने बताइएकाे छ । दुई दिनसम्म चल्ने अधिबेशनमा २ सय बढि प्रतिनिधि पर्यबेक्षक रहने छन् । अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।