सुर्खेत । भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमी गाभिएको विरोधमा नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले शुक्रबार कणाली प्रदेशको सुर्खेतको विरेन्द्रनगरमा बिरोध ¥यालीसहित कोणसभा सम्पन्न गरेको छ ।
मोर्चाको विरोध ¥याली गणेशचोक, नेताचोक बुद्दपथ चोक हुँदै बजार परिक्रमा गरी विरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई पार्टीका कर्णाली प्रदेश इन्चार्ज तथा मोर्चाका केन्द्रीय सचिवालय सदस्य चक्रपाणी शर्माले सम्बोधन गरेका थिए । नेता शर्माले राष्ट्रिय स्वाधीनताका लागि रगतको खोलो बगाउन पनि आफूहरु तयार रहेको बताएका थिए । उनले देशै रहने किन नहरने भन्ने स्थितिमा व्यक्ति तथा दलविशेष भन्दा पनि सिङ्गो देश राष्ट्रिय स्वाधीनताका लागि भारतीय विस्तारवादका विरुद्ध सम्पूर्ण स्वाभिमानी जनता एकताबद्ध भएर अगाडि बढ्नु पर्ने बताए ।


नेता शर्माले भने, ‘राष्ट्रियता गम्भीर संकटमा छ, आफ्नो स्वाभिमान गुमाउने अवस्थामा नेपाल पुगेको छ, राष्ट्रियता बिरुद्ध भएकोे नाङ्गो हस्तक्षेपका विरुद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल रगतको खोलो बगाउन तयार छ ।” कार्यक्रममा पार्टी तथा मोर्चाका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार