नवलपरासी । विप्लव नेतृत्वको नेकपा पार्टी परित्याग गरेको घोषणा गरेको लगत्तै विप्लव नेकपा नवलपुरका जिल्ला सदस्य अनिल परियार मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् ।

शुक्रबार नवलपरासीको सोह्र नम्बर अमरापुरीमा नेकपा (क्रान्तिकारी माओवादी) नवलपुरले आयोजना गरेको कार्यक्रममा अनिल परियार सहित एक दर्जन बढी युवाहरु पार्टी प्रवेश गरेको नेकपा नवलपुरका सेक्रेटरी उत्तम थापाले बताए ।

हार्दिक शुभकामना !

कार्यक्रममा अनिल परियार, नर्मदा रानाभाट, गीता सुनार, रीमा सुवेदी, सिमा ढकाल, तारा महतो, लालकुमारी सुवेदी लगायत नेता कार्यकर्ताले पार्टी प्रवेश गरेका हुन् । अनिलले पार्टी प्रवेश कार्यक्रममा नेपालमा क्रान्ति अपरिहार्य रहेकोले क्रान्तिकारी माओवादीमा प्रवेश गरेको बताए ।
पार्टी प्रवेश गरेका कार्यकर्ताहरुलाई नेकपा क्रान्तिकारीका पोलिटव्युरो सदस्य एवम् प्रदेश नं. ४ इन्चार्ज एवम् सेक्रेटरी चन्द्रहरि सुवेदीले अविर लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर