साहित्यकार परशुराम कोइरालालाई पुत्रशोक, १६ गते श्रद्धाञ्जलीसभा गरिने

साहित्यकार परशुराम कोइरालालाई पुत्रशोक, १६ गते श्रद्धाञ्जलीसभा गरिने

पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रीय उपाध्यक्ष, अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा इच्छुक साँस्कृतिक प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य समेत रहनु भएका प्रगतिशिल लेखक तथा साहित्यकार एवम् पृथ्वीनारायण क्याम्पस पोखराका प्राध्यापक परशुराम कोइरालालाई पुत्रशोक परेको छ । कोइरालाका जेष्ठ सुपुत्र सञ्जीव कोइरालाको कात्तिक १० गते आइतबार असमामयिक निधन हुन पुगेको छ । २७ वर्षीय सञ्जीवको आइतबारै अन्तिम श्रद्धाञ्जलीसहित अन्त्यष्टी गरियो । नेकपा (क्रान्तिकारी माओवादी)का ४ नं. प्रदेशका इन्चार्ज तथा पार्टी पीवीएम चन्द्रहरि सुवेदीले श्रद्धाञ्जली मन्तव्यसहित शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना समेत व्यक्त गर्नु भएको थियो ।
यसैबीच, साँस्कृतिक रुपान्तरण अभियान नेपाल र परिवार तथा आफन्तजनको संयुक्त आयोजनामा १६ गते शनिबार पोखराको मान्द्रेढुंगा हवेली कैलाश मार्गमा श्रद्धाञ्जलीसभा गरिने भएको छ ।