दाङमा निस्कृय रहेका साहित्यकारहरु भए सक्रिय, समाज परिवर्तनमा भूमिका खेल्ने संगठित संकल्प

प्रगतिशील साहित्य परिवारले पायो पुनर्जीवन, खगेश्वर भण्डारीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति गठन

प्रकाशित मिति : २०७६ कार्तिक १०

- इश्वरीप्रसाद गैरे

दाङ । लामो समयदेखि निस्कृय अवस्थामा रहेको प्रगतिशील साहित्य परिवार तुलसीपुर दाङले पुनर्जीवन पाएको छ । तुलसीपुर क्षेत्रमा रहेका प्रगतिशील श्रष्टाहरुको साझा सङ्गठनको रुपमा रहेको प्रसापले शनिबार तुलसीपुरमा विशेष भेला तथा कविता गोष्ठीको आयोजना गरि सङ्गठनलाई पुनर्जीवन दिएको हो । प्रगतिशील साहित्य परिवार दाङका उपाध्यक्ष श्री टीका बस्नेतको अध्यक्षतामा भएको विशेष भेलामा प्रमुख अतिथि प्रगतिशील साहित्य परिवारका सस्थापक सचिव रामप्रसाद जैसी रहनुभएको थियोे । साहित्यकार जैशीले साहित्यले समाज परिवर्तनका लागि सर्जकहरु अगाडि बढ्नुपर्ने बताउनुभयो । सो अवसरमा संस्थापक उपाध्यक्ष भरत भण्डारीले साहित्यकारहरु समाजको गहना भएकोले जनताका कुराहरु समेटेर अगाडि बढनुपर्ने कुरा राख्नुभएको थियो । यसैगरी अर्का संस्थापक कोषाध्यक्ष तथा इच्छुक साहित्य प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएका हिरामणी दुखीले साहित्य बर्गीय हुने भएकोले समाज परिवर्तनका लागि कलम चलाउन अझै बाँकी रहेको कुरा राख्नु भयो । दुःखीले उक्त भेलामा प्रसापको गठनको इतिहास, उद्देश्य र औचित्यका बारेमा सङ्क्षिप्त रुपमा प्रकाश पार्नुभएको थियोे । सो अवसरमा कविहरु रमा नेपाली, दिपा घिताल, युवराज बस्याल, खगेश्वर भण्डारी, मनोज थापा लगाएतले कबिता गजललगायतका रचना बाचन गरेका थिए ।


उक्त भेलाले खगेश्वर भण्डारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष डिल्ली बस्नेत “सङ्गीत“ सचिव दिपा घिताल, सहसचिब दुर्गा बिक, कोषाध्यक्ष प्रेमराज पाण्डे रहनु भएको छ । त्यसै गरि सदस्यहरुमा युवराज बस्याल, रमा नेपाली, मनोज थापा र ईश्वरी प्रसाद गैरे रहनु भएको छ । भेलाले संस्थापकहरु हिरामणी दुखी, टिकाराम रेग्मी, राम प्रसाद जैसी, भरत भण्डारी र शालिकराम रजौरे तथा निवर्तमान उपाध्यक्ष टीका बस्नेतलाई सल्लाहकारमा मनोनयन गरेको छ । भेलाको सञ्चालन समितिका सदस्य डिल्ली बस्नेत “सङ्गीत”ले गर्नुभएको थियोे । नवनिर्वाचित कार्यसमितिको बैठक तिहार लगत्तै बस्ने र सो बैठकमा आगामी कार्यक्रम तय गर्नुका साथै संस्थाको विधान निर्माण, प्रकाशन, र दर्ता प्रकृयाका बारेमा छलफल गरि अगाडि बढ्ने कुरा नवनिर्वाचित अध्यक्ष खगेश्वर भण्डारीले बताउनु भयो ।