कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा लक्ष्मीको मूर्ति बिसर्जन गर्ने विषयमा हिन्दु र मुसलमान पक्षबीच विवादका कारण झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू आदेश उल्लंघन गर्ने माथि प्रहरीले गोली प्रहार गर्दा एक जनाको घटनास्थलमै मृत्यु हुन पुगेको छ । मृत्यु हुनेमा स्थानीय कृष्णनगर नगरपालिका–२ का सुरजकुमार पाण्डे रहेका छन् ।
प्रशासनले बिहीबार बिहान ११ बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो । कर्फ्यू कृष्णनगर बजारको भन्सार कार्यालयको उत्तर ७०० मिटरदेखि, पश्चिम ७०० मिटर र पूर्व ३०० मिटर क्षेत्रमा लागु गरिएको छ ।
बुधबार साँझ लक्ष्मी मूर्ति सेलाउने विषयमा विवाद भएको थियो ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर