नेवाः मोर्चाको बैठक सम्पन्न

राष्ट्रिय सम्मेलन माघ २४,२५ र २६ गते

प्रकाशित मिति : २०७६ आश्विन १३

काठमाण्डौं १३ असोज,
नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको केन्द्रीय समितिको पूर्ण बैठक मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठको अध्यक्षतामा यही ११३९ यंलागाः चह्रे (०७६ असोज १० गते) काठमाण्डौंमा सम्पन्न भयो ।

  बैठकले सम्मेलनको तयारी चाडपर्व आदिका कारण अपुग भएकोले एक महिनापछि सारी माघ २४,२५ र २६ गते गर्ने निर्णय गरेको छ । यसको तयारीकै लागि देशै भरी जिल्ला सम्मेलन वा भेला मंसिर सम्ममा गरिसक्ने र प्रदेश सम्मेलन वा भेला मंसिर मसान्तसम्ममा गरी सक्ने निर्णय गरेको छ । बैठकले प्रतिवेदन र विधानको लेखनको जिम्मा क्रमशः मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठ र महासचिव शिव श्रेष्ठलाई दिएको छ । नेवाः मोर्चाका उपाध्यक्ष सुरेश श्रेष्ठको संयोजकत्वमा कोषाध्यक्ष सपना राजथला, काठमाडौं जिल्लाका अध्यक्ष नमस्ते साय्मी, ललितपुर जिल्लाका अध्यक्ष जगदिश्वर महर्जन र भक्तपुर जिल्लाका अध्यक्ष कृष्णप्रसाद धेमोसु सहितको आर्थिक उपसमिति निमार्ण गरेको छ । साथै मोर्चाका अर्का उपाध्यक्ष गोर्की श्रेष्ठको संयोजकत्वमा बोजराज श्रेष्ठ र ज्ञानेन्द्र प्रजापति सहितको मंच व्यवस्थापन उपसमिति बनाएको छ । प्रचार प्रसार उपसमिति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठको संयोजकत्वमा सचिव श्रीकृष्ण सुलु र नेवाः राज्य साप्ताहिकका सम्पादक सहित तीन सदसीय बनाएको छ ।