विभेदकारी वर्तमान संविधान खारेज गर्न माग

प्रकाशित मिति : २०७६ आश्विन ३

काठमाडौं असोज ३ ,
विद्यमान संविधानले उत्पिडीत जात ,जाति, क्षेत्र, लिंग , वर्गको हित विपरित उभिएको भन्दै त्यसको विरोधमा आज काठमाण्डौंमा एक विशाल र्याली सहित सभाको आयोजना गरिएको छ ।

  आदिवासी जनजाति महासंघ,नेपाल जनजाति महासंघ, मधेश सम्भद्य विभिन्न संस्थाहरु, दलित, थारु मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्तिह्रुको समुदाय लगायतका संघसस्थाहरुले विरोध जनाएका हुन । असोज तीन गतेलाई कालो दिन भन्दै काठमाडौंको जुद्धशालिक ,नयाँ सडक , इन्द्रचोक, हुँदै बसन्तपुरमा पुगेको विरोध र्याली विरोध सभामा परिणत भएको थियो । कालो ब्यानर बोकेका सहभागीहरुले व्यापकरुपमा कालो टिसर्ट लगाएका थिए ।
विरोध सभामा वोल्ने वक्ताहरुले विभेदकारी वर्तमान संविधान जन अपेक्षा , जनचाहना विपरित भएकाले यसलाई खारेज गरी जनपक्षीय संविधान पुनर्लेखन गर्न जोडदार माग गरेका छन् ।